Clean Water Campaign

Awareness Campaign

कांग्रेस गुल्मीको सम्मेलन: उद्यमी, कृषक र विद्यार्थी सम्मानित



अनिल खत्री
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन उद्यमी, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा महामन्त्री गगनकुमार थापाले सम्मान गरेका हुन् ।

सम्मेलनको अवसरमा तीन जना युवा मिलेर सञ्चालन गरेको पानी उद्योगका सञ्चालक सन्तोष कुँवर, राम पन्थी र विश्वास पुनलाई सम्मान समेत गरिएको थियो । त्यस्तै गतवर्षको एईई मा जिल्लामै उत्कृष्ट अंक ल्याउने सिद्धबाबा मावि कि अनिषा बिक, रेसुङ्गा माध्यमिक विद्यालयबाट कक्षा १२ मा जिल्लामै उत्कृष्ट अंक ल्याउने गृष्मा पाण्डे, रेसुङ्गा क्याम्पसबाट स्नाकोत्तरमा गुल्मीबाट उत्कृष्ट अंक ल्याउने शुसिल पोखरेललाई सम्मान गरिएको थियो ।

त्यस्तै जिल्लामा बार्षिक २ करोड बढीको च्याउ खेतीगर्ने तम्घासकी कमला भलामी, कृषि पशुपालन तर्फ बिष्णुप्रसाद भण्डारी, सुन्तला खेती गर्ने बिष्णु खानल, जिल्लामा भैँसी पालनमा रबिन्द्र घिमिरेलाई सम्मन गरिएको थियो । बाख्रा पालक बिशाल थापा, कुखुरा पालक खगराज पाण्डे, सुनिल पाण्डे, किबी खेती गर्ने कृषक लक्ष्मीपत्ती न्यौपानेलाई सम्मान गरेको थियो ।

सिंचाई
Forest
Ad.

जिल्लाका ग्रामीण वस्तीहरुमा कृषका माध्यमबाट गाउँमै रोजगारी सृजना गरेको भन्दै प्रशंसा स्वरुप सम्मान गरिएको सचिव खड्काले बताए । त्यस्तै बुटवलमा त्रिकेट खेलमैदान निर्माण गर्ने इन्जिनियर विनोद कुँवरलाई सम्मान गरेको थियो ।

उद्यमी तथा कृषकहरुको हौसला प्रदान गर्नका लागि सम्मान गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । नेपाली कांग्रेस गुल्मीले गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य सहित तेस्रो जिल्ला सम्मेलको आयोजना गरेको छ ।

सम्मेलनका महामन्त्री थापा सहित,अर्का महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय सदस्य डा.मृगेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, चन्द्र के.सी, अजयबावु सिवाकोटी, लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस गुल्मीले जिल्ला स्थित १२ वटा पालिकाको सम्मेलन सकेर जिल्ला सम्मेलन गर्न लागेको हो । पछिल्लो समय नागरिकमा बढदै गएको निराशालाई यस सम्मेनले चिर्ने काम पनि गर्ने सचिव भगतसिंह खड्काले बताए ।

Awareness by SKF

चिदिचौर खेलमैदानमा गुल्मीका १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागीता रहेको छ । चैत २७ गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका ३ हजार बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनमा पार्टीले बिगतमा गरेका कार्यक्रमको समिक्षा आगामी कार्ययोजनाको बारेमा छलफल हुने कांग्रेस गुल्मीले जनाएको छ । २ दिनसम्म गुल्मी जिल्लामा चल्ने सम्मेलनबाट पार्टीको बिगतको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्यहरुको समिक्षा र गुल्मी घोषणा पत्र जारी गरेर सम्मेलन सम्पन्न हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो