Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको गलकोटमा स्कुटर दुर्घटना



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: गलकोट नगरपालिका वडा नम्वर ३ घट्टेखोलामा स्कुटी दुर्घटना भएको छ। गलकोट नगरपालिका वडा नम्बर ३ हटियाबाट भैंसे पुल तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०१७४ नम्वरको स्कुटी दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

दुर्घटना हुँदा स्कुटरमा सवार चालक देवदह नगरपालिका रुपन्देहीका ४४ वर्षिय खडक बहादुर अधिकारी र गलकोट नगरपालिका नम्वर ३ का करिब ५९ वर्षिय जोवन बोहोरा घाईते भएको ईलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।

घाईते मध्ये रुपन्देहीका अधिकारीलाई थप उपचारका लागि पोखरा रेफर गरिएको छ भने बोहोराको गलकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो