Smoking Causes Cancer

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित श्रेष्ठ धन्यवाद दिन मतदाताको घरदैलोमा



अनिल खत्री
२ वर्ष अगाडि


Place for ads

२३ चैत, गुल्मी: गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचनमा मतदिने मतदाताको  घरदैलोमा पुग्ने  गरेका छन् । मत माग्न घरदैलोमा पुगेका श्रेष्ठ निर्वाचित भएपछि पनि मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन ।

मतदानमा सहभागी मतदातालाई उनलेे मत दिएकोमा धन्यवाद दिए । उनलेे आफू सधैं व्यवसायीको हक हितको लागि प्रतिबद्ध भएर लाग्ने बताए ।

शुक्रबार वाणिज्य संघको अध्यक्ष पदका लागि मात्रै भएको मतदनमा श्रेष्ठ र रामप्रसाद पन्थी बिच प्रतिस्पर्धा भएको थियो ।  अध्यक्ष पदमा भएको मतदानमा श्रेष्ठले ३२१ मत ल्याएर बिजयी भएका थिए ।

सिंचाई
Forest
Ad.

उनका प्रतिस्पर्धी पन्थीले २०१ मत ल्याएर पराजीत भएका छन् ।  मतदानमा १३ वटा मत बदर भएका थिए ।

कुल ५ सय ८५ मतदातामध्ये ५३५ जनाले मतदान गरेका थिए । अध्यक्ष पदबाहेक अरु सबै पदमा निर्विरोध भएको थियो ।

अध्यक्षका लागि प्रस्पिर्धामा रहेका रामप्रसाद पन्थी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ यसअघि उपाध्यक्षमा थिए ।

गुल्मी उद्योग वाणिज्यको गत चैत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा भएको थियो । ९ गते अधिवेशन हुने तयारी भएपनि सहमतीमा मिलाउनका लागि सारिएको थियो तर मिलाउन नसक्दा चुनावी प्रतिस्पर्धा भएको हो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो