काठमाडौं: नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे।
उनले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए । शर्माले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताए । उनले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरुले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ ।’ उनले भने, ‘आज हाम्रा बिरुद्ध वा परिवर्तनका बिरुद्ध, गणतन्त्रकाबिरुद्ध जस्तो देखिए पनि यि गणतन्त्रका बिरोधी छन् जस्तो मलाई लाग्दैन । सिमित सामन्तवादका केही अवशेषहरु मात्रै हुन् ।’
आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







