Clean Water Campaign

Awareness Campaign

ताराखसे युवा क्लबको १३ औँ वार्षिकोत्सव कार्यक्रम भव्य हुँदै



केशव खड्का
३ महिना अगाडि


       

Awareness

Place for ads

गुल्मी: ताराखसे युवा क्लब, मुसिकोट नगरपालिका-८, मालारानी, गुल्मीले आफ्नो १३ औँ वार्षिकोत्सव भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रमहरुका साथ मनाउदै छ। वार्षिकोत्सव समारोहमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, भेट्रान्स भलिबल प्रतियोगिताका साथै विविध सांस्कृतिक कार्यक्रमहरु रहेका छन्। कार्यक्रम चैत्र २६ गतेदेखि २९ गतेसम्म ताराखसे युवा क्लबको खेल मैदानमा सञ्चालन हुनेछ।

यस कार्यक्रमको उद्देश्य राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका निम्ति स्थानीय स्तरमा लुकेका प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि गरी राष्ट्रिय स्तरमा पुर्याउने रहेको क्लबका सचिव नविन घरब्जा छन्त्यालले बताउनुभयो। मालारानीमा रहेका ऐतिहासिक पर्यटकिय स्थल सालिमे दह र ताराखसेको प्रचारप्रसार गरी आन्तरिक पर्यटक भित्र्याउने, लोपोन्मुख घाटु र सोरठी नाचको संरक्षण र प्रवर्धन गर्ने हेतुले पनि कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो।

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद रु. ७५,०००/-, रु. ५०,०००/- र रु. ३०,०००/- का साथै कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। यसैगरी खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद रु. ३०,०००/-, रु. २०,०००/- र रु. १०,०००/- का साथमा कप, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ। पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने समूहले रु. २,५००/- र महिला भलिबल प्रतियोगितामा सहभागी हुने समूहले रु. १,०००/- दर्ता शुल्क बुझाउनु पर्नेछ।

Forest
Forest
Ad.

कार्यक्रममा विविध सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनुका साथै ज्येष्ठ नागरिक सम्मान गरिने बताइएको छ। ओझेलका खबर मिडिया र मुसिकोट न्यूज फेसबुक पेज यस कार्यक्रमका मिडिया पार्टनर्स रहेका छन्।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →