गुल्मी, चैत्र १२ । नेपाल क्षयरोग निवारण संस्थाको काठमाण्डौंमा सम्पन्न अधिवेशनबाट लोकप्रिय प्राप्त गरी गुल्मीका जगन्नाथ गौतम केन्द्रिय सदस्यमा विजयी भएका छन । यहि चैत्र १० र ११ गते काठमाण्डौंमा सम्पन्न त्यस संस्थाको ४५ औं केन्द्रिय सभाको अधिवेशनमा खसेको कुल १०९ मत मध्ये ९३ मत प्राप्त गरी गौतम सबै भन्दा लोकप्रिय मत लिएर विजयी भएका हुन ।
अध्यक्षमा ललितपुरका देवेन्द्र श्रेष्ठ विजयी भएका छन । उपाध्यक्षद्धयमा पाल्पाकी शोभा शाक्य र विराटनगरका राजन श्रेष्ठ विजयी भएका छन । त्यस्तै महासचिवमा गोरखाका श्यामप्रसाद श्रेष्ठ विजयी भएका छन।
कोषाध्यक्षमा रौतहटका राजकिशोर प्रसाद यादव, सह–महासचिवमा कास्कीकी हिरादेवि शर्मा र सह–कोषाध्यक्षमा चितवनका दामोदर न्यौपाने विजयी भएका छन । पदाधिकारी सहित १७ सदस्यीय केन्द्रिय कार्य समिति अधिवेशनले निर्वाचित गरेको नवनिर्वाचित केन्द्रिय सदस्य गौतमले बताए ।
अधिवेशनमा बागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । गुल्मीको जुभुङ्ग पुर्खेयौली घर भएका गौतम लामो समय देखि सदरमुकाम तम्घासमा बसोबास गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल थिए तर अहिले काठमाण्डौमा बढि केन्द्रित छन । उनि त्यस संस्था, गुल्मी शाखाको निर्वतमान सभापति हुन ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






