Salime Malika Krishi Farm

Awareness Campaign

नेपाल रेडक्रस सोसाइटी ओखरबोट उपशाखाको कार्यालय स्थापना



लालु प्रसाद गैरे
१ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नं. ४ ओखरवोटमा आज एक कार्यक्रमका विच उपशाखा कार्यालय स्थापना भएको छ । उक्त कार्यालय गलकोट नगरपालिका वडा नं. ४ ओखरवोट निवासी श्री टिकाराम न्यौपाने घरमा निशुल्क स्थापना भएको छ ।

कार्यक्रममा वोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उप महामन्त्री श्री ढालेन्द« गौतमले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने मुल नाराका साथ रेडक्रस स्थापना भएको र रेडक्रस कर्मीहरुले दुःखमा परेकालाई खुसी र मनले सहयोग गर्नुपर्ने वताउनुभयो । उक्त कार्यक्रममा ग.न.पा.४ का अध्यक्ष श्री वल वहादुर खत्री नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति नवराज गौतमले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा वडा नं. ४ का जनप्रतिनिधि, राजनैतिक दलका अध्यक्ष एंव प्रतिनिधि लगाएतको उपस्थिति थियो ।

कार्यक्रमको सभापत्वि नेपाल रेडक्रस ओखरवोट उपशाखाका सभापति श्री हेमराज गैरेको अध्यक्षता कोषाध्यक्ष रविलाल शर्माको स्वागत मन्तव्य र सचिव दोर्णराज पौडेल सञ्चालनमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा वडा कार्यालयको तर्फबाट रु ११६०० बराबरको जिन्सी सामाग्री उक्त वडाका अध्यक्ष श्री वल बहादुर खत्रीले हस्तान्तरण गर्नुभएको थियो भने कार्यालय उपलब्ध गराउने टिकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो