गलकोट: नेकपा माओवादी केन्द्र गलकोट नगर समितिको आयोजनामा स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखी क्याम्पसमा विजयी भएका उम्मेदवार र गलकोट उद्योग वाणिज्य संघमा विजयी भएका उम्मेदवारहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताराखोला गाउँपालिकाका अध्यक्ष धन बहादुर विकले क्याम्पसमा भएका विभिन्न नराम्रा गतिविधिहरुलाई खबरदारी गर्दै क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीको हक हितमा काम गर्नको लागि जोड दिनु पर्ने बताउनु भयो। विद्यार्थी जीवनबाटै राजनीति गर्न सकेमा भविष्यमा नेता बनि समग्र सिंगो देश चलाउन सकिने कुरा बताउनुभएको थियो।
कार्यक्रममा स्वतन्त्र विद्यार्थि युनियन गलकोट बहुमुखी क्याम्पसमा विजयी उम्मेदवारहरु र गलकोट उद्योग वाणिज्य संघमा विजयी भएका सम्पुर्णलाई शुभकामना ज्ञापन गर्दै अबिर र खादाले सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक राजिव घिमिरे, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य वाईसियलका केन्द्रिय सचिव नरेश केसी, अखिल क्रान्तिकारी बागलुङका फ्याक्सन ईन्चार्ज तथा नेकपा माओवादी केन्द्रका ताराखोलाका अध्यक्ष पदम खत्री दिवसले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका अध्यक्ष गंगा बहादुर भुजेलको अध्यक्षता , उपाध्यक्ष छुम बहादुर थापाको स्वागत र सहसचिव विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |