Clean Water Campaign

Awareness Campaign

गुल्मीको चन्द्रकोटले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन भत्ता दिने



अनिल खत्री
६ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पालक किसानहरूलाई वार्षिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । पछिल्लो समय किशानले गोरु पाल्न छोडेकाले प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको छ ।

गाउँपालिकाले किसानहरूको राहतका लागि प्रतिजोडा गोरु वार्षिक ३ हजार रुपैयाँ दिने योजना ल्याएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । यस योजना अन्तर्गत गाउँपालिकाका ८ वटै वडामा रहेका किसानहरूले लाभ पाउने छन् । हाल संकलित विवरण अनुसार पालिकाभित्र कुल २५८ जोडा गोरु पालिएको देखिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्रत्येक वडामा किसानहरूले पालिरहेका जोडा गोरुको संख्या संकलन गरेको छ ।

गाउँपालिकाले यो योजना सञ्चालन गर्न पर्याप्त बजेट छुट्याएको छ । जसअनुसार किसानहरूले भत्ता आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । गाउँका धेरै ठाउँमा ट्र्याक्टर र आधुनिक मेसिन नपुगेको अवस्थामा हल गोरु जोत्ने परम्परा जोगाएर किसानहरूले आफ्नो खेतीपातीलाई जोगाइ रहेकाले उनिहरुको सम्मानका लागि पालिकाले यस्तो नीति ल्याएको पालिकाले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो