Clean Water Campaign

Awareness Campaign

गल्कोटमा संयुक्त गठबन्धनलाई हराउदै क्रान्तिकारीको प्यानलै विजयी



प्रेम सुनार
४ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको गल्कोट बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अध्यक्ष सहित प्यानलै जित हासिल गरेको छ।

काङ्ग्रेस निकट नेवि संघ र एमाले निकट अनेरास्ववियुको संयुक्त गठबन्धनलाई हराउदै अखिल (क्रान्तिकारी) ले पुरै प्यानलमा जित हासिल गरेको हो। अध्यक्षमा क्रान्तिकारीका प्रभात साहनीले १५८ मत खसेकोम ९९ मत प्राप्त गरी विजयी भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघकी रेनुका परियारले ५८ मत ल्याएकी छन्।

सचिवमा अखिल क्रान्तिकारीका पवन विक र कोषाध्यक्षमा स्मृति बुढाथोकीले समान ८५ मत ल्याएका छन्।

सिंचाई
Forest
Ad.

आज भएको स्ववियु निर्वाचनमा सत्ताधारी दल निकट बलिया दुई संगठनका साझा उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रको विद्यार्थी संगठन क्रान्तिकारी थप चार वटा क्याम्पसमा विजयी भएको सो संगठनका नेताहरुले बताएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →