Smoking Causes Cancer

स्ववियू निर्वाचन: रुद्रावती बहुमुखी क्याम्पसमा मतदान जारी



सागर भण्डारी
२ वर्ष अगाडि


Place for ads

गुल्मी: स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचन अन्तर्गत रुद्रावती बहुमुखी क्याम्पसमा मतदान जारी रहेको छ । बिहानै देखि शान्तीपूर्ण निर्वाचान भइरहेको छ। आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा छन्।

बिहान ८ बजेबाट शुरु भएको मतदानमा दुई ठाउँमा प्रत्यक्ष तथा समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन अधिकृत लिलाधर घिमिरेका अनुसार बिहान आठ बजेदेखि शान्तिपूर्ण वातावरण मतदान शुरु भएको छ । बिहान ११ः३० बजेको अपडेट अनुसार ९० विद्यार्थीले मतदान गरिसकेका छन् ।

क्याम्पसमा कुल विद्यार्थी २ सय ५ जना रहेपनि १ सय ७८ जनाले परिचय पत्र लगेका छन् । निर्वाचन स्थलमा वामी प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक प्रकाश शाहीको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

सिंचाई
Forest
Ad.

क्याम्पसमा अनेरास्ववियु र जनमोर्चा निकट अखिल (छैठौँ) बीच निर्वाचनमा प्रतिस्पर्धा हुदैँछ। अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट लक्ष्मी पुन एवं अखिल (छैठौँ) र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलबाट कर्ण नेपाली अध्यक्षका उम्मेदवार हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो