Clean Water Campaign

Awareness Campaign

गुल्मीमा नेवि संघ र अनेरास्ववियुले एक-एक क्याम्पसमा खाता खोले



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा चैत्र ५ गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गुल्मीमा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेवि संघ र नेकपा एमाले निकट अनेरास्ववियु बिच चुनावी तालमेल भई संयुक्त प्यानल बनेको छ। नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) एक्लै चुनावी मैदानमा भिड्दै छ।

हाल सम्म उमेदवारी मनोनयन दर्ता भएका क्याम्पसहरु मध्ये नेवि संघ र अनेरास्ववियुले जिल्लाका ११ वटा क्याम्पस मध्ये एक एक क्याम्पसमा नेतृत्व चयन निर्विरोध भई खाता खोलेको ति संगठनले दावि गरेका छन।

नेवि संघका जिल्ला अध्यक्ष सिजन रानाले अनेरास्ववियु र नेवि संघ बिच ५/५ वटा क्याम्पसमा नेतृत्व र नेतृत्व नपाउने क्याम्पसमा सचिव सहित बहुुमत सदस्य पाउने गरी संयुक्त प्यानल बनेको र त्यस मध्ये मदाने गाउँपालिा ६ पुर्कोटहको जनज्योति क्याम्पसमा गंगा पन्थी सभापतिमा निर्विरोध निर्वाचित भएको दावि गरे ।

सिंचाई
Forest
Ad.

उनका अनुसार नेवि संघले त्यस क्याम्पस, शान्तिपुरको चन्द्रकोट क्याम्पस, मजुवाको मानका टिकाराम बहुमुखी क्याम्पस रुरु संस्कृति विद्यापिठ, सत्यवती क्याम्पस र सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पसमा सभापति पाउने सहमति भएको छ।

जस अनुसार रेसुङ्गामा सुदिप खत्री, रुरुमा नारायण पन्थी, सत्यवतीमा जमुना ज्ञवाली (अञ्जु) मानका टिकाराम र चन्द्रकोटमा सभापतिको उमेदवार बारे पार्टीमा छलफल चलिरहेको रानाले बताए ।

त्यस्तै अनेरास्ववियुका जिल्ला अध्यक्ष आशिष गौतमले आफुहरुले अध्यक्ष पाउने ५ वटा क्याम्पस मध्ये दिगाम आदर्श क्याम्पसमा उषा पाण्डे निर्विरोध निर्वाचि भएको दावि गरे । अनेरास्ववियुले रिडी क्याम्पसमा धनु कुमाललाई सभापतिको उमेदवार बनाउने भएको छ । श्रृङ्गेश्वर बहुमुखी क्याम्पस रानीबासमा नेत्रप्रसाद .. ज्ञवाली सभापतिको उमेदपार खडा गर्ने भएको छ ।

रुद्रवती बहुमुखी क्याम्स वामीटक्सारमा शोभा राना र धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा अनिल जिसीलाई सभापतिको उमेदवारमा अनेरास्ववियुले खडा गर्ने भएको छ ।

Awareness by SKF

त्यस क्याम्पसमा हिजो उमेदवारी दर्ता फारम सहित निर्वाचन सम्बन्धि कागज पत्र नेकपा एमालेका जिल्ला सदस्य तथा प्रदेश मन्त्री दिनेश पन्थीका स्वकिय सचिव कपुर घिमिरेको नेतृत्वमा आएको समुहले डेक्सबाटै जफत गरी लगेको अनेरास्ववियु ( क्रान्तिकारी ) ले आरोप लगाउँदै बिज्ञप्ती निकालेको छ ।

त्यस कारण निर्वाचन सम्बन्धि सबै प्रकृया स्थगित गरिएको भन्दै क्याम्पस प्रशासनले पनि विज्ञप्ती प्रकाशित गरेको छ ।

यस सम्बन्धमा अनेरास्ववियुका जिल्ला अध्यक्ष आशिष गौतमले त्यसको खण्डन गरेका छन । ‘ हाम्रोे जिल्ला सहसचिव बिष्णु घिमिरेले स्वतन्त्र रुपमा सभापतिको उमेदवार दिन खोजेका थिए ।

हामी मिलाएर लैजानका लागि छलफल मै थियौं । तर छाप नै नलगाईएका उमेदवारी दर्ता फारम लगायतका कागज पत्रहरु खोसेर लगियो भन्ने आरोप लगाईएको छ , जुन गलत हो’ –उनले भने ।

अध्यक्ष गौतमले धुर्कोट गाउँपालिका प्रमुख र क्याम्पस प्रमुखले त्यहाँ निर्वाचन नै गराउन नचाहेर यस्तो लफडा निकालिएको आरोप लगाए । त्यस्तै नेकपा माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले हाल सम्म जिल्लाका तिन वटा क्याम्पसमा उमेदवारी दिएको जनाएको छ । उसले रिडी क्याम्पस, धुकोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस रानीवासको श्रृङ्गेश्वर बहुमुखी क्याम्पस र शान्तिपुरको चन्द्रकोट बहुमुखी क्याम्पसमा उमेदवारी दिने तयारी रहेको तर त साझा प्यानल बनाएर मिलेर जाने प्रयास भईरहेको बताईन्छ ।   श्रृङ्गेश्वरमा बिशाल थापा सभापतिको उमेदवार रहेका छन । रिडीमा सदिक्षा पौड्याल , चन्द्रकोटमा प्रभा पौड्याल र धुर्कोटमा रविना पोखरेलको नेतृत्वमा अखिल क्रान्तिकारीले उमेदवार चयन गरेको छ । सो समाचार तयार पार्ने बेला सम्म देशभर कांग्रेस निकट नेवि संघले ३३ वटा क्याम्पस सभापितमा निर्विरोध निर्वाचित भएको त्यस संगठनले दावि गरेको छ । त्यस्तै एमाले निकट अनेरास्ववियुले २९ स्थान र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले २१ वटा क्याम्पसमा सभापतिमा निर्वाचित भएको दावि गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो