Smoking Causes Cancer

मुसिकोट नगरपालिका, वडा नं. ८ को आयोजनामा भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हुँदै



हुकुम थापा
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, वडा नं. ८ को कार्यालयले आगामी चैत १, २ र ३ गते वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

भलिबल प्रतियोगिताका प्रथम र द्वितिय हुने समूहलाई क्रमशः नगद रु. ३३,०००/- र रु. २०,०००/- र कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने बताइएको छ। समूह दर्ता निःशुल्क गर्न सकिनेछ। भलिबल प्रतियोगितामा सहभागी हुन चाहने समूहले २०८१ चैत २९ गते अपरान्ह ४ बजेसम्म दर्ता गराइसक्नु पर्ने बताइएको छ।

कार्यक्रममा भलिबल प्रतियोगिता संगै विविध सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन हुनेछन्। नौमती बाजा, सोरठी, लोपोन्मुख हेम्फै नाच, भजन आदीले कार्यक्रममा रौनकता थप्ने आयोजकको भनाई छ। सांस्कृतिक झाँकी प्रदर्शन संगै स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने बताईएको छ।

सिंचाई
Forest
Ad.

खेलकुद र परम्परागत मौलिक परम्परागत संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने हेतुले कार्यक्रमको आयोजना गर्न लागिएको मुसिकोट नगरपालिका-८ का वडाध्यक्ष रमेश विश्वकर्माले बताउनुभयो। कार्यक्रमको अफिसियल मिडिया पार्टनर खेलकुद नेपाल, मालिका अनलाइन टिभी, मुसिकोट न्यूज र हुकुम थापा फेसबुक पेज रहेका छन्। कार्यक्रम हुकुम थापा फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण (लाइभ) गरिनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो