बागलुङ: ‘कृषि पर्यटन जलस्रोत स्थानीय सीप र पूर्वाधार: समृद्ध गलकोट निर्माणको मूल आधार’ भन्ने मूल नाराका साथ गलकोट नगरपालिकाको ८ औँ नगर स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाले स्थापना काल देखि नै शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै राम्रा कार्यहरुको सुरुवात गरेको बताउँदै नगरपालिकालाई कसरी आत्मनिर्भर नगरपालिका बनाउन सकिन्छ भन्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभएको थियो। उहाँले पर्यटन प्रवर्द्धन तथा संरक्षण गर्न गलकोट नगरपालिका सदैव तत्पर रहेको समेत बताउनुभयो।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे, प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतम, नेकपा माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष गंगा बहादुर भुजेल, जिल्ला समन्वय समिति बागलुङका सदस्य हर्क बहादुर पाण्डे, गलकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष लाल बहादुर राना, कार्यपालिका सदस्य टुक कुमारी श्रेष्ठ, अखिल नेपाल शिक्षक संघ गलकोट नगर अध्यक्ष राम बहादुर खत्री, गलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको स्वागत र गलकोट नगरपालिकाका शिक्षा अधिकृत तथा सूचना अधिकारी शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |