बुटवल: उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडियाले प्रदान गर्ने लुम्बिनी राष्ट्रिय पुरस्कार गुल्मीको चन्द्रकोट-८, तुराङका रमेश विश्वकर्माले प्राप्त गरेका छन्। लुम्बिनी राष्ट्रिय पुरस्कार २०२५ को नामांकन प्रमाणपत्र प्रस्तुत कार्यक्रम अन्तर्गत यस वर्षको उत्कृष्ट नवगायक विधामा विशेष गरी लोक तथा युगल गीतको क्षेत्रमा विश्वकर्मा मनमै रह्यो चोट गीतबाट शीर्ष पाँचमा मनोनित भएका हुन्।
विश्वकर्मा आफूले प्राप्त गरेको प्रमाणपत्र सहितको तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन। लुम्बिनी राष्ट्रिय पुरस्कारले हरेक वर्ष नेपाली संगीत र कला क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकारहरु लाई सम्मान गर्दै आएको छ।
यस वर्ष रमेश विश्वकर्माको मनमै रह्यो चोटले उत्कृष्टता र रचनात्मकताको उच्च मापदण्ड पुरा गर्दै मनोनयन प्राप्त गरेको उल्लेख गरिएको छ। यस अवसरमा उपमा सञ्चार प्रा.लि. र तेज नेपाल मल्टिमिडियाले विश्वकर्मालाई आगामी कार्यमा सफलता र नयाँ उपलब्धीहरुको शुभकामना पनि दिएका छन्।
लुम्बिनी राष्ट्रिय पुरस्कारले नेपाली संगीत र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। यस पुस्करको माध्यमबाट आगामी वर्षमा पनि नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्य राखेको छ। विश्वकर्माले ओझेलका खबर डटकम संगको कुराकानीमा संगीतको यात्रामा यो नामांकन एक महत्वपूर्ण माइलस्टोन रहेको र यसले आफ्नो सांगीतिक यात्रालाई अझै रचनात्मकता र प्रतिभालाई अझ बढी चिनाउन मद्दत गर्ने बताएका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |