Awareness Campaign

धुर्कोट गाउँपालिकाको आयोजनामा हाड्हाडेमा एकीकृत घुम्ती शिविर सम्पन्न



ओझेलका खबर संवाददाता
२ हप्ता अगाडि


Place for ads

वासुदेव पोखरेल, गुल्मी: धुर्कोट गाउँपालिकाको आयोजनामा एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार वडा नं. ३ हाडहाडे स्थित वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरमा सयौं सेवाग्राहीहरूले विभिन्न सेवा सुविधा प्राप्त गरेका छन्।

गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवाहरूलाई थप सरल, सहज र सुविधायुक्त बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको वडा अध्यक्ष पदम बहादुर विष्टले जानकारी दिनुभयो।

शिविरमा पशु, कृषि, स्वास्थ्य, आयुर्वेद, आँखाजाँच, जेष्ठ नागरिक परिचयपत्र वितरण लगायतका सेवा प्रदान गरिएको थियो।

Forest
Forest
Ad.

पशु सेवा अन्तर्गत २०५ जनाले सेवा लिएका छन्। गाईभैंसीका लागि ४०० वटा र बाख्राका लागि १३५० वटा औषधि वितरण गरिएको छ। साथै, २५ वटा एन्टि-रेबिज खोपसमेत प्रदान गरिएको छ। कृषि सेवा अन्तर्गत २४७ जनालाई बिउपल वितरण गरिएको छ।

स्वास्थ्य सेवा अन्तर्गत १७८ जनाको निःशुल्क बिरामी जाँच तथा औषधि वितरण गरिएको छ भने १६ जना गर्भवती महिलाको निःशुल्क भिडियो एक्स-रे गरिएको छ। आयुर्वेद सेवा ८० जनाले प्राप्त गरेका छन्।

त्यसैगरी, १३० जनाको आँखाको परीक्षण गरिएको छ भने २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।

एकै स्थानबाट विभिन्न सेवा प्रदान गरिएको यस शिविरबाट वडा नं. ३ का उल्लेखनीय संख्यामा सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिएको वडा अध्यक्ष विष्टले बताउनुभयो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो