Awareness Campaign

नेपालका १ सय प्रभावशाली महिलाको सुचिमा बडिगाड गाउँपालिका अध्यक्ष थापा



सागर भण्डारी
२ हप्ता अगाडि


Place for ads

गुल्मी: नेपालका १ सय प्रभावशाली महिलाको सुचिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी पनि पर्नुभएको छ ।

वर्ल्ड अफ वोमन (डब्ल्यूओडब्ल्यू)ले सार्वजनिक गरेका १ सय प्रभावशाली महिलाको सुचिमा थापा पनि पर्नुभएको हो ।

उक्त म्यागजिनले नेपालमा नेतृत्व तहमा रही परिवर्तनलाई अगाडि बढाउने महिलाहरूको सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको सुचि सार्वजनिक गरेको छ । उक्त सुचिमा भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल, पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ, प्रतिनिधि सभाको पहिलो महिला उपसभामुख शिवमाया तुम्बाहाम्फे, महिला नेतृ बृन्दा पाण्डे लगायत छन् ।

Forest
Forest
Ad.

उक्त ई–म्यागजिनले नेपालका विभिन्न क्षेत्रमा क्रियाशिल रही नेतृत्व तहमा पुगेका र आफ्नो साहस र दृष्टिकोण मार्फत अगाडी बढेका महिलाहरुको सूची सार्वजनिक गरेको छ । सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा सय प्रभावशाली महिलाको सूची तयार पारेको हो । थापा जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा हुनुहुन्छ ।

दृढ संकल्प, नवीनता, चुनौतीपूर्ण अवस्थाहरुलाई पार गर्दै नयाँ मार्गहरू कोर्ने महिलाहरुको सुचि सार्वजनिक गरी अन्य महिलाहरुलाई पनि प्रेरित गर्ने र समावेशी संसार निर्माणमा महिलाहरूले सिर्जना गर्ने असाधारण प्रभावको बारेमा जानकारी दिने उद्धेश्यले सुचि सार्वजनिक गरिएको डब्ल्यूओडब्ल्यूले जनाएको छ ।

थापाले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधारको क्षेत्रमा गरेका कार्यहरु उल्लेख गर्दै प्रभावशाली महिलाको सुचिमा राखिएको छ । निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोग सहित कल्याणकारी कार्यक्रमहरू सुरु गरेको र साना उद्योगहरूलाई प्रवद्र्धन गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा समावेश गरिएको हो ।

त्यस्तै अधिकारीले ग्रामीण पूर्वाधार सुधार गर्न पहलहरूको नेतृत्व गर्दै सौर्य ऊर्जा परियोजनाहरू र स्थानीय महिलाहरूको लागि डिजिटल साक्षरता तालिम, स्मार्ट खेती अभ्यासहरू मार्फत कृषि दिगोपन बढाउन र कमजोर समुदायहरूको लागि जलवायु अनुकूलन कोष सुरक्षित गर्नमा पनि केन्द्रित रहेको जनाएको छ ।

Awareness by SKF

थापा हालै मात्रै शी लिड्स आइकन अवार्डबाट पनि सम्मानित हुनुभएका थियो । जसले देशभर रहेका महिला जनप्रतिनिधिहरु मध्येबाट उत्कृष्ट कर्म गर्ने प्रतिनिधिहरुलाई प्रतिस्पर्धात्मक ढाँचाबाट छनोट गरेको थियो ।

एक सय प्रभावशाली महिलाको सुचीमा परेकोमा खुसी व्यक्त गर्दै थापाले आफुले चर्चाका लागि भन्दा पनि वास्तविक नागरिकका समस्यालाई नजिकबाट नियालेर कर्म गरिरहेको भन्दै यसले अझै उत्साह र प्रेरणा थपेको बताउनुभयो । उहाँले आफ्नो सिंगो प्रयासले मात्रै सम्भव नभएको भन्दै सबै क्षेत्रको सहयोग र सहकार्यले नै आफु यो स्थानसम्म आईपुगेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो