Awareness Campaign

बौद्धिक अपांगता संघ गुल्मीमा ६ लाखको अक्षयकोष स्थापना



अनिल खत्री
२ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लामा अपांगताको क्षेत्रमा काम गर्दै आएको बौद्धिक अपांगता अभिभावक संघलाई जिल्लाका २ जना समाज सेवीले ६ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा रहेका इश्वसरी पौडेल र मृगेन्द्र श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन् । बौद्धिक अपांगता अभिभावक संघ गुल्मी ११ औँ साधारण सभाको अवसरमा तम्घास निवासी इश्वरी पौडेलले ५ लाख राशीको अक्षयकोष स्थापना गरेका छन् ।

पौडेल परिवारकै छोरा डा. आयुष पौडेलले अपाङ्गता भएका बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्ने उदेश्यले एक लाख भन्दा माथिको टेलिभिजन प्रदान गरेका छन् ।

Forest
Forest
Ad.

त्यस्तै तम्घासका स्थानीय मृगेन्द्र श्रेष्ठले एक लाखको अक्षयकोष स्थापना गरेका छन् । बौद्धिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ उक्त राशीको अक्षयकोष स्थापना गरिएको अक्षय कोष दाता मृगेन्द्र श्रेष्ठले बताए ।

२०६४ सालमा स्थापना भएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीले अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा सक्रियताका साथ काम गर्दै आएको छ । यस संस्थाले जिल्लाको उपल्लो तम्घासमा पढने बौद्धिक अपांगता बालबालिकहरुको सहयोगार्थ विभिन्न कार्यहरु गर्ने गरेको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले यस संस्थाले अपाङ्गताको क्षेत्रमा संघले गरेका कामको प्रशंसा गरे । उनले बौद्धिक अपांगताभएका बालबालिकाहरुको साथमा स्थानीय सरकार रहेको बताए ।

रेसुङ्गा नगरपालिका अपांगता भएका नागरिकको साथमा रहेको हुँदा यहाँको कार्यालय संचालनमा समस्या भए आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । बौद्धिक अपांगता अभिभावक संघ, गुल्मीले भवन निर्माण गर्दा आर्थिक सहयोग गर्ने सहयोगी दाता, अक्षयकोष स्थापना गर्ने दातालाई सम्मान गरेको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो