Clean Water Campaign

Awareness Campaign

गलकोटमा भारतिय भुपू सैनिकहरुको लागि सिजनल पेन्सन क्याम्प सुरु



लालु प्रसाद गैरे
४ महिना अगाडि


Awareness

Place for ads

बागलुङ: गलकोट नगरपालिकामा भारतिय भुपू सैनिकहरुको लागि हिजो देखि सिजनल पेन्सन क्याम्प सुरु भएको छ। भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराको आयोजना र भारतिय भुपु सैनिक संघ गलकोटको समन्वयमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बजारमा आजबाट सिजनल पेन्सन क्याम्प सुरु भएको हो।

हिजो क्याम्प सञ्चालनको पहिलो दिन ७ सय ६४ जना भन्दा बढि भारतिय भुपु सैनिकहरुले पेन्सन पट्टा नविकरण गराएको सिजनल पेन्सन क्याम्प सञ्चालन समितिका सचिव एलएस छुम बहादुर थापाले जानकारी दिनुभयो।

पहिलो दिनको सिजनल पेन्सन क्याम्पबाट निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, बरेङ गाउँपालिकाको वडा नम्बर २ र ३, गलकोट नगरपालिका वडा नम्वर ३ र १० का भारतिय भुपु सैनिकहरुले सेवा लिएको थापाले बताउनुभयो।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो