Awareness Campaign

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बुधवार बागलुङ कालिका मन्दिरमा पूजाआजा



लालु प्रसाद गैरे
३ हप्ता अगाडि


Place for ads

बागलुङ: पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार बागलुङ कालीका मन्दिरमा पूजा गरेका छन्। पारिवारिक र धार्मिक भ्रमण भनेर आएका शाहले बुधवार दिउसो १ बजे झण्डै २५ मीनेट मन्दिरको ढोका थुनेरै भित्र पसेर पूजा गरेका थिए।

बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले उनलाई मन्दिर भित्रै पसेर पुजा गर्ने प्रबन्ध गरेको थियोष। उनको सुरक्षाको पनि कडाकडी व्यवस्था थियो। राप्रपा बाहेक कांग्रेस र कम्पयुनिष्टका नेता तथा कार्यकर्ता पनि शाहको स्वागतमा पुगेका थिए।

कम्तिमा ७ सय मीटर पैदल यात्रा गरेर मन्दिर पुगेका थिए। बाटोमा सयौं नागरिक उपस्थित भएर शाहको स्वागत गरेका थिए। पञ्चेबाजा, भजन समूह र अन्य झाँकीसहित उपस्थित समूहले शाहको जय जयकार गरेका थिए।

Forest
Forest
Ad.

स्थानीय को संयोजकत्वमा ५ सय १ सदस्य रहेको नागरिक स्वागत मूल समारोह समिति मार्फत स्वागतको प्रबन्ध गरिएको थियो। उक्त समिति सहित शिव सेना लेखेको टिसर्ट र ज्याकेट लगाएका स्वयंसेवक समूहले घेराहालेर उनलाई मन्दिर पुर्याएका थिए। राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायतको नारा लगाएका युवाहरु शाहको अघि र पछि लागेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो