Hi-Speed Computer

Awareness Campaign

इस्मा गाउँपालिकाको आयोजनामा मानव मूल्य शिक्षा परिचात्मक २ दिने कार्यशाला सम्पन्न



माधव खरेल
३ महिना अगाडि


Awareness

Place for ads

फागुन २१, गुल्मी: ‌इस्मा गाउँपालिकाको आयोजनामा श्री सत्य साई मानव मूल्य शिक्षा परिचात्मक २ दिने कार्यशाला इस्मा गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। शिक्षा, नैतिकता, शान्ति, प्रेम र अहिंसा जस्ता पाँच प्रमुख जीवन मूल्यहरू माथि आधारित यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई नैतिक शिक्षाको महत्त्वबारे सचेत गराएको छ।

कार्यक्रममा श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालका कार्यवाहक निर्देशक डा. सुधाकर पन्त, श्री सत्य साई ग्लोबल काउन्सिल अञ्चल ४ का अध्यक्ष अमर बहादुर कार्की, श्री सत्य साई सेवा संगठन नेपालकी पूर्व अध्यक्ष श्रीधरा बास्कोटा लगायतका वक्ताहरूले शिक्षा र संस्कारबीचको सम्बन्ध, पारिवारिक अनुशासनको महत्त्व, र समाजमा सकारात्मक योगदान दिने संस्कार विषयमा विचार प्रस्तुत गर्नुभयो।

इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले बोल्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै नैतिक मूल्य सिकाउने यस्ता कार्यक्रमहरू समाज रूपान्तरणका लागि महत्वपूर्ण हुने बताउँदै, अभिभावकहरूले आफ्ना छोराछोरीको शिक्षामा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो। यस्तै कार्यक्रमको अबसरमा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बोल्दै विद्यालयमा नैतिक शिक्षाका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यशालामा सिकेका कुरा व्यवहारमा लागू गर्न सके सभ्य नागरिक तयार गर्न सकिने बताउनुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा इस्मा गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक विभिन्न शिक्षक-शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको आत्मविकास र चारित्रिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकहरूको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो