Awareness Campaign

वृत्ति मार्ग निर्देशन कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शिक्षाको संसारबाट कामको संसारमा स्थानान्तरण



केशव खड्का
३ हप्ता अगाडि


Place for ads

बुटवल: वृति मार्ग निर्देशन कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शिक्षाको संसारबाट कामको संसारमा स्थानान्तरण गर्न यस शिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय बुटवल ७ दीपनगरमा २ वटा साक्षरता कार्यक्रम सम्पन्न भइसकेका छन्।

पहिलो चरणमा कक्षा ८ का विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेको छ। जसबाट विद्यार्थीहरु बैङकिङ क्षेत्रको भविष्य तथा वित्तिय संस्थाहरुको अवस्था बारे जानकार रहनेछन् भन्ने उद्देश्य राखिएको छ। वित्तिय विज्ञ कृष्ण खड्काको प्रस्तुतिकरण एवं प्रशिक्षणमा कार्यक्रम सञ्चालन भएको थियो। त्यस्तै कक्षा ९ का विद्यार्थीहरुलाई विद्यालयमा सीप परियोजनामा रहेर प्राविधिक तथा यान्त्रिक सीप अन्तर्गत इन्जिनीयरिङ विषयमा आधारित सीपको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ। कार्यक्रमको प्रशिक्षण ई. अमित खनालले गर्नुभएको थियो।

२ वटा छुट्टाछुट्टै कार्यक्रमको मन्तव्य समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनानाथ गिरीले इन्स्योरले विद्यार्थी र समाज माझ विभिन्न पेशाका महत्त्वका बारेमा सचेतना फैलाउने, समाज सहज रुपमा चल्नका लागि ती पेशाका कामदारको देन, श्रम बजारमा माग बढ्दो क्रममा रहेका नयाँ वृत्तिका संभावनाहरु तथा वृत्ति विकासको क्रममा सुसूचित निर्णय लिन सक्षम बनाउने कुराको खुलेर प्रशंसा गर्नुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा बोल्दै प्रअ गिरीले विद्यालयमा यस्ता कार्यक्रमको आयोजनाले बालबालिकालाई उचित तवरले वृत्तिमार्ग निर्देशन उपलब्ध हुने र उनीहरु आफूलाई सुहाँउदो वृत्तिपथ छनौट गर्न, आवश्यक योग्यताका बारेमा जानकारी प्राप्त गर्न र यसका लागि उत्साहका साथ लाग्न समर्थ रहनेछन् भन्ने कुरा बताउनुभयो। त्यस्तै विद्यालयका सह-प्रधानाध्यापक लेखनाथ पौडेलले इन्स्योर परियोजनालाई धन्यवाद ज्ञापन गदै विद्यार्थीहरु यसरी आफ्नो रुचि अनुसारका मिल्दाजुल्दा अन्य पेशाका बारेमा पनि जानकारी बटुल्न पाउँदा आफ्नो सफल भविष्य तय गर्न लाभान्वित हुने कुरा व्यक्त गर्नुभयो।

अन्त्यमा कार्यक्रमको समापनमा बोल्दै प्रधानाध्यापक गिरीले यस्ता प्रभावकारी कार्यक्रम आयोजना गर्न सहयोग गर्नुहुने हेल्भेटास नेपाल इन्स्योर, कार्यक्रममा महत्वपूर्ण सहयोग गर्नुहुने वृति विकास प्रशिक्षकद्वय हरि प्रसाद पोख्रेल र कल्पना मरासिनी, वित्तिय प्रशिक्षक केशव खड्का, इन्जिनियर प्रशिक्षक अमित खनाल, सहायक प्रअ. लेखनाथ पौडेल, शान्ता शर्मा तथा आई.टी. शिक्षक सुमन बस्याल सर प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →