Awareness Campaign

मादल संगै ‘नशा नशामा…’ गाएर सामाजिक सञ्जालमा चर्चित राधिकाको मृत्यु



ओझेलका खबर संवाददाता
३ हप्ता अगाडि


Place for ads

काठमाडौं: टिकटक र फेसबुक रिल्समा चर्चित मौलिक गीत गाएर भाइरल बनेकी राधिका बादीको निधन भएको छ। ४२ वर्षीया राधिकाको आइतबार बिहान कालिकोटको पलाता गाउँपालिका-४, थिरपुमा निधन भएको हो। कालिकोट प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन् र २०८१ फागुन १८ गते बिहान उनको मृत्यु भएको पुष्टि गरिएको छ।

राधिका वादी र उनका श्रीमान् जोगेन्द्र वादी बाजुराको बडिमालिका नगरपालिका-२ का बासिन्दा हुन्। यो जोडी मौलिक लोकगीत गाएर जीविकोपार्जन गर्दै आएको थियो। विशेष गरी राधिकाको मादल बजाउने कला उत्कृष्ट मानिन्थ्यो, जसले सामाजिक सञ्जालमा धेरैको मन जितेको थियो। उनले मादल बजाएर ‘नशा नशामा, रगत रगतमा’ भन्ने गीत गाएको भिडियो भाइरल बनेको थियो। उनको उक्त भिडियो बाजुराका पत्रकार प्रकाश सिंहले बनाएर सामाजिक सञ्जालमा राखेका थिए।

राधिकाको निधनले कला प्रेमीहरू शोकमा छन्। सामाजिक सञ्जालमा उनका गीत तथा भिडियोहरू अझै पनि चर्चामा छन्। राधिकाको पहिलो घर बझाङमा भए पनि जोगेन्द्रसँग दोस्रो विवाहपछि उनी बाजुरामा बस्दै आएकी थिइन्। जोगेन्द्रको पहिलो श्रीमती अझै पनि उनको घरमै छिन्।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो