Awareness Campaign

प्रअ गिरीको उदाहरणीय कार्य: जन्मदिनको अवसरमा फजुल खर्च कटाएर शैक्षिक सामग्री वितरण



केशव खड्का
२ हप्ता अगाडि


Awareness

Place for ads

बुटवल: बुटवल उपमहानगरपालिका-७, दीपनगरमा रहेको शिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका कक्षा शिशुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ। विद्यालयका प्रधानाध्यापक दिननाथ गिरीले आफ्नो जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको हो।

जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले आफुले अध्यापन गराउदै आइरहेको विद्यालयमा शैक्षिक सामग्री प्रदान गरिएको गिरीले बताउनुभयो।

उहाँका अनुसार बालविकासमा अध्यनरत करिब ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। साथै प्रधानाध्यापक गिरीले विद्यालयमा यस भन्दा अघिल्लो वर्षदेखि अक्षयकोष स्थापना गर्नुभएको र प्रत्येक वर्ष अक्षयकोषको रकम बढाउँदै लग्ने प्रतिबद्धता बमोजिम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेलाई वि.सं २०८० मा उहाँद्वारा स्थापित अक्षयकोषमा पुनः २० हजारको चेक रकम थप हस्तान्तरण गर्नुभयो।‌

Forest
Forest
Ad.

विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार प्रोत्साहनमा सहयोग पुगोस भनेर अक्षयकोष स्थापना गरिएको एवं अक्षयकोषको रकम प्रत्येक जन्मदिनमा बढाउदै लगी एक लाख सम्म पुर्याउने जानकारी दिनुभयो। यस भन्दा अगाडिको जन्मदिनमा प्रअ गिरीले रु. २५,०००/- रकम हस्तान्तरण गरी अक्षयकोषको स्थापना गर्नुभएको थियो।

जन्मदिन शनिबार परे पनि विद्यालय बन्द भएकाले आईतबार शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो। आफुले अध्यापन गर्दै आएको विद्यालयलाई सम्झेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेकोमा प्रधानाध्यापक गिरीले खुसी व्यक्त गर्नुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

केशव खड्का को बारेमा

केशव खड्का ओझेलका खबर संवाददाता हुन।

केशव खड्का द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →