Salime Malika Krishi Farm

Awareness Campaign

पुल्चोक क्रिकेट लिगको चौथो संस्करण हुँदै



रमेश विश्वकर्मा
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी, फागुन १३ गते: गुल्मीको सदरमुकाम तम्घासमा पुल्चोक क्रिकेट लिगको चौथो संस्करण हुने भएको छ। चिदिचौर खेलमैदानमा यहि फागुन १६ गतेदेखि १९ गतेसम्म हुने पुल्चोक क्रिकेट लिगको चौथो संस्करणका लागि आयोजक पुल्चोक स्पोर्ट्स क्लबले खेलाडीको अक्सन (बोलकबोल) गरेको महासचिव उमेश पाण्डेले जानकारी दिनुभयो।

क्लबका महासचिव पाण्डेका अनुसार अक्सनमा रहेका ६५ जना खेलाडीमध्ये ५२ जना खेलाडी अनुबन्धित भएका छन्। अक्सनबाट सर्वाधिक मूल्य पाउने खेलाडी सुरज थापा र गणेश थापा बन्नुभयो। अक्सनबाट विष्णु केसी, सुमन श्रीपाली, भरत मरासिनी, देवनारायण यादव, रविन खड्का, प्रकाश भण्डारी, हिमान्सु थापा, पुकार खत्री, नारायण गौतम, विशाल रेग्मी, सन्तोष न्यौपाने, माधव पाण्डे, सागर थापा फोर्टिन स्टार युवा क्लबमा अनुबन्धित हुनुभयो। यो टिममा क्याप्टेन नारायण आचार्य र मार्कि–प्लेयर सौगात शाह र दिपक पौडेल रहुनुभयो।

ब्रदर युथ सोसाइटी तम्घासमा सुरज थापा, सन्देश भण्डारी, पविन भण्डारी, शेर मगर, बिमल थापा, सुदिप विश्वकर्मा, सुशिल नेपाली, अप्सन नेपाली, बिमल थापा, अनुज टण्डन, सुशिल खत्री, पुरन थापा, अर्जुन कुमाल अनुबन्ध हुनुभयो। यो टिमको क्याप्टेन त्रिदेव कार्की तथा स्रमाट थापा र सुरज सारु मार्कि–प्लेयर रहनुभयो। पुल्चोक स्पोर्टस क्लब तम्घासमा अक्सनबाट सागर खत्री, अनिल कार्की, विकास रजाली, सरोज कुँवर, सुजन राना, रविन कुँवर, सुन्दर खत्री, बिमल पुन, डाइमन केसी, अनिल रजाली, अर्जुन पौडेल, तस्लिम अली, विनोद केसी अनुबन्धित हुनुभयो। यो टिमकोक्याप्टेन सु–शन्देश पुन तथा मार्कि–प्लेयर विशाल थापा र प्रमिस पुन रहनुभयो।

सिंचाई
Forest
Ad.

दुविचौर टाइगरमा गणेश थापा, प्रकाश सोमै, राजेश थापा, एसएस–यू क्षेत्रि, निरज सुवेदी, सन्तोष परियार, रविन क्षेत्रि, गोकर्ण खरेल, रविन बस्नेत, मानव कार्की, महोत्सव बस्नेत, किरण खत्री, राजेश लामिछाने अनुबन्धित हुनुभयो। यसको क्याप्टेन विवेक भण्डारी, तथा मार्कि–प्लेयर शालिक खत्री र प्रदिप भण्डारी रहनुभयो। प्रतियोगितामा विजेता पुरस्कार ४० हजार शिल्ड, मेडल र प्रमाण पत्र, उजविजेता पुरस्कार १० हजार र प्रमाण पत्र रहेको आयोजक पुल्चोक स्पोर्टस क्लबका अध्यक्ष प्रकाश मरासिनीले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो