Smoking Causes Cancer

गुल्मेली सर्जक कृष्ण गौतमको पञ्चेबाजा गीत ‘ढोरपाटन ढोर’ छिट्टै सार्वजनिक हुने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मेली गायक तथा सर्जक कृष्ण गौतमको पञ्चेबाजा गीत ‘ढोरपाटन ढोर’ गीत तथा म्युजिक भिडियो छिट्टै सार्वजनिक गरिने सर्जक तथा गायक कृष्ण गौतमले जानकारी गराउनु भयो। जसमा स्वर स्वयं कृष्ण गौतम र ज्योति खरेलको रहेको छ।

मौसम अर्याल र ओम सेन्चुरीको शब्द सिर्जनामा रहेको गीतमा संगीत तथा थेगो गायक कृष्ण गौतमको रहेको छ भने एरेन्ज चर्चित गायक तथा सर्जक प्रसाद खप्तरी मगरले गर्नुभएको छ। यस गीतको म्युजिक भिडियोमा मुख्य अभिनय विनोद भण्डारी, दिव्यानी वली, अनिल पौड्याल र सरिता दानकुटीको रहेको छ। म्युजिक भिडियोमा बागलुङको निशिखोला र यस आसपासका रमणीय स्थलहरुलाई समेटिएको छ।

विनोद भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गर्नुभएको हो। निकै मेहनत साथ निर्माण गरिएको यो सिर्जना उत्कृष्ट बनेको र धेरै दर्शक तथा श्रोताको माया पाउने विश्वास लिएको गायक गौतमले बताउनुभयो। गायक तथा सर्जक गौतमको यसअघिको पञ्चेबाजा गीत ‘मालिकामा टल्क्यो गजुर’ ले धेरै दर्शक तथा श्रोताको मन जित्न सफल भएको थियो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो