Awareness Campaign

राष्ट्रिय प्रजातन्त्र दिवस: तम्घासमा सरसफाइ



रमेश विश्वकर्मा
१ महिना अगाडि


Place for ads

गुल्मी, फागुन ६ गते: राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा सरसफाइ गरिएको छ। प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजना तथा रेसुङ्गा नगरपालिकाको सहजीकरणमा तम्घासका मुख्य-मुख्य बजार क्षेत्र र चिदिचौर खेलमैदान सरसफाइ गरिएको हो।

गृह मन्त्रालयको केन्द्रीय मूल समारोह समितिको निर्देशन अनुसार फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरी मनाउने कार्यक्रम अर्न्तगत मंगलबार रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानमा सरसफाइ गरिएको हो।

Forest
Forest
Ad.

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय अधिकारी हरिनारायण बेल्वासे, सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी, विभिन्न कार्यालयका प्रमुखहरु, रेसुङ्गा नगरपालिका वडाअध्यक्ष कर्मचारीलगायतको उपस्थितिमा तम्घासको शङ्ख पार्कहुँदै चिदिचौर खेलमैदानलगायतका विभिन्न स्थानहरुमा सरसफाइ गरिएको छ। त्यस अवसरमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै २००७ साल फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनकालको अन्त्य भएर प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनका रुपमा प्रजातन्त्र दिवस मनाइने गरिएको बताउनुभयो। सुशासनलाई बलियो र सार्थक बनाउँदै प्रत्येक नागरिकका बीचमा प्रजातन्त्रको अनुभूति दिलाउन सके मात्रै साँचो अर्थमा प्रजातन्त्रले सार्थकता प्राप्त गर्न सक्ने बताउनुभयो।

अहिले सम्मानित नेपाली र समुन्नत नेपालको अभियानमा आइपुग्दा लोकतन्त्रको मूल्य मान्यतासहित प्रजातन्त्रको अनुभूति दिलाउन सक्नुपर्ने बताउनुभयो। उहाँले प्रजातन्त्रको मूलभूत सिद्धान्तप्रति समर्पित रही नागरिकको बीचमा काम गर्ने हौसला र प्रेरणा प्रदान गर्नतर्फ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभयो। “लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। केही भएन भन्ने जबरजस्ती भाष्य सिर्जना गर्न खोजिएको छ। तर त्यस्तो होइन्। थुप्रै उपलब्धी प्राप्त गरिएको छ।” उहाँले भन्नुभयो,“यद्यपि उपलब्धीहरुलाई संस्थागत र परिणाममुखी बनाउन आवश्यक छ। सबै मिलेर नागरिकको जीवन पद्धति बल्दन सकिन्छ, द्रुत गतिको विकास र विकास प्रशासनलाई प्रभावकारी बनाउनुपर्छ।” उहाँले ठुलो बलिदानीबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र र संघीयताप्रति गर्व गर्न लायक वातावरण बनाउनुपर्ने बताउनुभयो।

गुल्मी प्रमुख जिल्ला अधिकरारी गौतमले बलिदानीवपूर्ण सङ्घर्षपछि प्रजातन्त्रको बहाली भएको भन्दै जनताले छिटो, छरितो सेवा प्राप्त गर्ने, विकास निर्माण लगायत पूर्वाधार, सुशासनको अपेक्षाका साथ सहादत र आन्दोलनका परिणाम स्वरुप प्रजातन्त्र प्राप्ति भएको बताउनुभयो। सरसफाइ सभ्यता र सुसंस्कृत समाजको प्रतिक रहेको भन्दै प्रजातन्त्र दिवसको अवसरमा जिल्लामा सरसफाइका कार्यक्रमहरु गरि प्रतिकारात्मक रुपमा सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताउनुभयो। रेसुंगा नगरपालिकाले सरसफाइमा विशेष ध्यान दिएको भन्दै उहाँले भन्नुभयो, “सभ्य र सुसंस्कृत नागरिक निर्माण र सुशासन कायम गर्न सरसफाइको महत्वपूर्ण भूमिका हुन्छ।”

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो