Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिकाको प्रष्टिकरण: सामाजिक सञ्जालमा उठेका विषयमा सत्यता छैन



सागर भण्डारी
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले पछिल्लो समय नगरपालिकाका विभिन्न विषयमा सामाजिक सञ्जालमा उठेका टिका टिप्पणी प्रति सत्यता नरहेको स्पष्ट पारेको छ।

नगरपालिकाले सोमबार कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सामाजिक सञ्जालमा उठेका विषयहरु र नगरपालिकाले गरिरहेका विभिन्न गतिविधिहरु बारे प्रष्ट पारेको हो ।

नगर प्रवक्ता हरिहर सापकोटाले कार्यालयमा र फिल्डमा अहोरात्र खटिरहदाँ पनि कतिपय व्यक्तिहरुले आधारहीन तरिकाबाट तथ्यहीन आरोप लगाउने, अमर्यादित लाञ्छनाका साथ टिका टिप्पणी गर्ने र त्यस्ता नकरात्मक टिप्पणीहरुलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेको र त्यसप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो भ्रमका पछि नलाग्न नगरबासीहरुलाई आग्रह गर्नुभयो ।

सिंचाई
Forest
Ad.

नगरपालिकाले स्वास्थ्य संस्थाको स्तर तथा जनशक्तिहरुको क्षमता अनुसार स्वास्थ्य सेवाको अधिकतम पहुँच सर्वसाधारणको घरदैलोमा पुर्याउने भरमग्दुर कोशिस गरिरहेको उहाँको भनाई थियो ।

पत्रकार सम्मेलनमा उठेका विषयको जवाफ दिँदै नगरप्रमुख जीवलाल खरेल जीवनले गल्ती कमजोरी गरे कर्मचारीहरुलाई पनि आफ्नो अधिकार क्षेत्र भित्र रहेर कारबाही गरिने बताउँदै केबल भ्रम सिर्जना गर्नकै लागि कोही व्यक्ति प्रति लक्षित गरेर टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा आएका विषयहरुमा कतिपनि सत्यता नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

तथ्यमा टेकेर आरोप लगाउने र लाञ्छना लगाउनेलाई नगरपालिकाले जिम्मेवार भएर जवाफ दिने भन्दै केबल सामाजिक सञ्जालमा चर्चा कमाउनकै लागि तथ्यहीन आरोप नलगाउन र त्यसको पछि नलाग्न सबैसंग आग्रह गर्नुभयो ।

नगरपालिकाले आर्थिक क्षेत्र, पूर्वाधार क्षेत्र र स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक कार्यहरु गरेको भन्दै नगरपालिकाको प्रगतीलाई विषयान्तर गर्नका लागि यस्ता अनर्गल प्रचारहरु गरिएको बताउनुभयो । उहाँले नगरपालिका आफ्नो धर्मबाट कति पनि विचलित नभएको स्पष्ट पार्दै कमीकमजोरीहरु हटाउन र अब्बल सेवा प्रवाहका लागि नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

Awareness by SKF

प्रमुख प्रशाशकीय अधिकृत चेतनाथ गिरीले पछिल्लो समय स्वास्थ्य शाखामा कर्मचारी नै नभएको विषय सामाजिक सञ्जालमा आएको भन्दै केही कर्मचारी सो दिन बिदामा रहेको र कार्यालयबाट हुने कुनै पनि काम नभएर सेवाग्राहीले दुःख पाउनु परेको अवस्था भने नरहेको स्पष्ट पार्नुभयो । नगरपालिकामा रहेका कर्मचारीहरु जिम्मेवार, संयम र जवाफदेही रहेको उहाँको भनाई थियो ।

सो अवसरमा नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य शाखाले गरेका केही महत्वपूर्ण उपलब्धीहरु पनि सार्वजनिक गरेको छ । विज्ञप्तिमा आवश्यक उपकरण तथा सेवा थप गर्दै जाने नगरपालिकाको स्पष्ट नीति तथा कार्यक्रम रहेको र स्वस्थ सुझाव तथा रचनात्मक आलोचनाको नगरपालिका सदैव स्वागत गर्ने जनाईएको छ ।

पत्रकार सम्मेलनमा नगरउपप्रमुख गंगा श्रेष्ठ, प्रशाशन शाखा प्रमुख मुना ज्ञवाली, नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष सागर भण्डारी, पूर्व सचिव प्रेम सुनार, जिल्ला सदस्य सूर्य सुनार, पत्रकारहरु रामकृष्ण कंडेल, अनिष पाठक, सुरज कार्की, प्रकाश आचार्य लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो