Smoking Causes Cancer

गुल्मीमा नेविसंघको संगठन विस्तार अभियान



रमेश विश्वकर्मा
२ वर्ष अगाडि


Place for ads

गुल्मी, फागुन ४ गते: नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गुल्मीमा संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा बसेको नेपाल विद्यार्थी संघ गुल्मीको बैठकले जिल्लाका सबै स्थानीय तह, क्याम्पस र माध्यमिक विद्यालय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको हो।

यस जिल्लामा नेविसंघको संगठनलाई स्थानीय तह, क्याम्पस र माध्यमिक विद्यालय तहमा बलियो बनाउन संगठन विस्तार अभियान सुरु गर्न लागिएको नेविसंघ गुल्मीका अध्यक्ष सिजन रानाले बताउनुभयो। संगठन विस्तारका लागि जिल्लाबाट दुई नगरपालिका र दश गाउँपालिका, क्याम्पस र माध्यमिक विद्यालय तहमा एक/एक जना प्रतिनिधि खटाइने निर्णय गरिएको छ।

त्यसैगरी आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि यस जिल्लाका क्याम्पसहरुमा नेपाल विद्यार्थी संघका एक/एक जना केन्द्रीय सदस्यलाई समन्वय संयोजकको रुपमा खटाइने निर्णय गरिएको उहाँले बताउनुभयो। नेविसंघको संगठनलाई जिल्लामा चुस्त दुरुस्त बनाउनका लागि बैठकबाट अनुशासन समिति समेत गठन गरिएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो