गुल्मी: गुल्मीको श्रृङ्गा स्थित पुरानो विद्यालय श्री श्रृङ्गा जनता माध्यमिक विद्यालयको एसईई परीक्षा केन्द्र अन्य विद्यालयमा सार्ने निर्णय छत्रकोट गाउँपालिकाले गरेपछि स्थानीयवासी आक्रोशित भएका छन्।
आक्रोशित स्थानीयवासीले भेषराज कंडेलको संयोजकत्वमा श्री श्रृङ्गा जनता माध्यमिक विद्यालयमै परीक्षा केन्द्र कायम गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गर्दै आन्दोलित भएका हुन।
संघर्ष समितिले आज जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा ज्ञापन पत्र बुझाउदै श्री श्रृङ्गा जनता माध्यमिक विद्यालय मै परीक्षा केन्द्र कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन।
ज्ञापन पत्र बुझ्दै जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले जिल्ला समन्वय समिति, गुल्मी र शिक्षा विकास तथा समन्वय इकाईले ज्ञापन पत्र प्राप्त भएको र सो विषयमा आवश्यक निर्णय लिन सम्बन्धित निकायसँग समन्वय गरिने प्रतिबद्धता जनाउनु भयो।
ज्ञापन पत्र बुझाउन संघर्ष समितिका अध्यक्ष भेषराज कंडेल, त्यस विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र कंडेल, सरोकारवालाहरु दधिराम कंडेल, सुरेन्द्र कंडेल, माधव कंडेल लगायत आएका थिए। उनिहरुले राजनैतिक प्रतिशोध साँधेर जिल्लाको पुरानो विद्यालय श्री श्रृङ्गा जनता माध्यमिक विद्यालयबाट अन्य विद्यालयमा परीक्षा केन्द्र सार्न लागिएको आरोप लगाए।
यस सम्बन्धमा छत्रकोट गाउँपालिका अध्यक्षरामप्रसाद पाण्डेको प्रतिक्रिया माग्न सम्पर्क गर्दा उनको फोन उठेन। त्यस विद्यालका प्रधानाध्यापक विकास चन्द्र खरेलका अनुसार त्यस विद्यालय २०४५ साल देखि परीक्षा केन्द्र रहदै आएको थियो। प्रधानाध्यापक खरेलले पनि राजनैतिक प्रतिशोधको शिकार त्यस विद्यालय बनेको प्रतिक्रिया दिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |