Awareness Campaign

तम्घासदेखि विकट भौगोलिक क्षेत्रका स्थानीयलाई प्रशासनबाट सेवा लिन समस्या



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

तिलाचन पाण्डे, गुल्मी: सदरमुकाम तम्घासदेखि भौगोलिक हिसावले टाढा रहेका स्थानीयहरुलाई प्रशासननबाट सहज रुपमा सेवा लिन समस्या हुने गरेको छ। जिल्लाको कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम जानका लागि झण्डै छ देखी आठ घण्टा लाग्छ ।

नागरिकता र राहदानी बनाउनका लागि तम्घास पुग्दा करिव दुईदेखि तीन बज्ने र त्यस दिनको लागि राहदानीलगायतका कार्य गर्नका लागि टोकन सकिइसक्ने समस्याले यहाँका स्थानीयहरुलाई समय र पैसा दुबै खर्चिलो हुने गरेको छ । कहिलेकाँही त दुई दिन अगावैको टोकन वितरण हुने हुँदा तीन दिनसम्म प्रशासनबाट सेवा लिन पालो पर्खिनुपर्ने अवस्था आउने गरेको छ ।

कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका रोमकान्त पाण्डेले केही महिना पहिले भाइको राहदानी बनाउनकै लागि तीन दिन पालो कुर्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो । यस्तै सोही गाउँपालिका ३ का इश्वरी बिकले पनि विकटबाट जाँदा समय घर्किने भएकाले सोही दिन प्रशासनबाट सेवा पाउन नसकेको बताउनुभयो ।

Forest
Forest
Ad.

यही समस्याका कारण केही महिना पहिले कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले पालिकाभित्रका नागरिकले सहज रुपमा सेवा नपाएको झोकमा प्रशासनको स्क्यानर नै फुटाउनुभयो। विकटबाट आउने सेवाग्राहीले सहज रुपमा सेवा नपाएको र राहदानी बनाउनकै लागि लामो समय खर्चिनुपर्ने भएकाले आफूले जनताको आवाज उठाएको उहाँको भनाइ छ ।

गुल्मीको सुदुरपूर्वलाई मध्यनजर गर्दै यस क्षेत्रमा इलाका प्रशासन आवश्यक रहेको नेपाली काँग्रेस गुल्मीका सचिव जगदिश भट्टराइले बताउनुभयो । यसका लागि राजनीतिक तवरबाट आफूहरुले पहल गरिरहेको उहाँको दाबी छ । यस्तै स्थानीय पालिका सरकारसँग पनि समन्वय गरि पहल अगाडि बढाएकाले यस अभियानलाई सार्थक बनाएरै छाड्ने उहाँको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले केही वर्ष पहिले इलाका प्रशासन राख्ने बारेमा छलफल भएको र सर्वपक्षिय रुपमा स्थानका लागि सहमति नहुँदा रोकिएको बताउनुभयो। त्यस क्षेत्रका लागि इलाका प्रशासन आवश्यक रहेको आफूहरुलाई पनि लागेको बताउँदै गृह मन्त्रालयले नै यसबारे निर्णय गर्न सक्ने उहाँले बताउनुभयो ।

सदरमुकामबाट विकट रहेकाले उक्त क्षेत्रका लागि सेवा प्रवाहमा आफूहरुले सक्दो प्राथमिकता दिदैँ आएको उहाँको भनाइ छ। -गोरखापत्र अनलाइन

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो