Awareness Campaign

माघ ३० गते वामीटक्सारमा एमालेको बैठक आयोजना



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमाले मुसिकोटले माघ ३० गते वामीटक्सारमा नगर कमिटीको पूर्ण बैठक आयोजना गरेको छ। नगर कमिटी सचिव रामकृष्ण कंडेलका अनुसार माघ ३० गते वामीटक्सार स्थित नगर पार्टी कार्यालयमा बैठकका लागि दिउँसो १ बजे अनिवार्य उपस्थित हुन मुसिकोट नगरका सम्पूर्ण नगर कमिटी सदस्यहरु, यस भुगोल अन्तर्गतका जिल्ला कमिटी सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरुलाई खबर गरिसकिएको छ।

केन्द्रीय योजना अनुरुप तीन महिने वडा केन्द्रित अभियान सुरु भएको छ। यस अभियान अन्तर्गतका काम मुसिकोट नगरपालिकाका ९ वटै वडामा प्राथमिकताका साथ सम्पादन गर्नका लागि बैठक मार्फत निर्णयहरू गर्नुपर्ने भएकोले बैठक आयोजना गरिएको सचिव कंडेलले बताउनुभयो।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा (एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गर्नका लागि नेकपा एमाले एकसाथ मुसिकोट नगरपालिकाका सबै घर-घरमा पुग्न लागेको नगर कमिटी उपसचिव सावित्रा विष्टले बताउनुभयो।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो