गुल्मी: नेताहरुका भाषणले नागरिकले धेरै दुःख पाएको भन्दै भाषणबाट मात्र नागरिकका समस्या समाधान नहुने उहाँको भनाइ छ। बितेका ३४ वर्ष जनताको कुरा संसदमा नउठेको भन्दै अहिले जनताका कुरा आफुले संसदमा उठाउँदै आएको उहाँले दाबी गर्नुभयो ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
समयको परिवर्तनसँगै अहिलेको प्रविधिअनुसार राजनीतिक दल र नेताहरु अपडेट हुन जरुरी रहेको भन्दै उहाँले नागरिकका हरेक कुरालाई सम्बोधन गर्ने गरी सबै लाग्नुपर्ने बताउनुभयो । देशको परिवर्तनका लागि प्रविधिलाई विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । अहिले देशका युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता भण्डारीले स्वदेशमा युवालाई रोक्ने कार्यक्रमहरु सरकारले ल्याउन जरुरी रहेको बताउनुभयो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर– १ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले देशमा खराब काम गर्नेहरु पनि देखिएको हुँदा खराब काम गर्ने कसैलाई पनि छुट नभएको बताउनुभयो । राजनीतिक दलका नेताहरुले जनताको हितमा काम गर्नुपर्ने भन्दै पुराना पुस्ताले बोकेका राम्रा कामको अनुसरण गर्न सबै लाग्नुपर्ने बताउनुभयो।
अहिले प्रविधिले एआईसम्म पुर्याउँदा जनताहरु भने औषधि, गतिलो शिक्षा र गरिबीसँग जुध्नुपरेको भन्दै सीमान्तकृत वर्गलाई दुई लाख श्रममा आधारित शेयर दिनुपर्छ भनेर संसदमा आफूले आवाज उठाएको उहाँको भनाइ छ। -गोरखापत्र अनलाइन
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |