Salime Malika Krishi Farm

Awareness Campaign

वामीटक्सारमा निःशुल्क आँखा शिविर हुने



करिष्मा अर्याल
१२ महिना अगाडि


Awareness

Place for ads

करिष्मा अर्याल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सारमा अवस्थित श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्रमा दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

केन्द्रको बार्षिक स्वीकृत कार्यक्रम बमोजिम मोतियाबिन्दु भएका बिरामीहरुलाई लक्षित गरि फाल्गुन ४ र ५ गते निःशुल्क मोतियाबिन्दुको अप्रेशन शिविर आयोजना गरिएको केन्द्रका अध्यक्ष अग्निधर लोहोनी जानकारी दिनुभयो।

शिविरमा आँखा चेक जाँच, चस्मा चेकजाँच तथा न्यूनतम शुल्कमा औषधी र चस्मा वितरण लगायतका सेवा प्रदान गरिने केन्द्रका दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । केन्द्रमा २०८१ वैशाख २१ र २२ गते पनि शिविर सञ्चालन भएको थियो।

सिंचाई
Forest
Ad.

उक्त शिविरमा २ सय ८२ जनाको आँखाको जाँच तथा मोतियाबिन्दुको समस्या भएका ७४ जनाको शल्यक्रिया गरिएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो