Awareness Campaign

नेपाली काँग्रेस मुसिकोटको नगर सम्मेलन आज हुँदै



सागर भण्डारी
१ महिना अगाडि


Place for ads

गुल्मी: नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिको नगरसम्मेलन आज हुने भएको छ। पार्टीको विधान र नीति बमोजिम माघ २८ गते सोमबार नगरसम्मेलन आयोजना गरिएको हो।

मुसिकोटमा नेपाली काँग्रेसको हालसम्मको अवस्था र आगामी रणनीति तथा आगामी निर्वाचनलाई लक्षित गर्दै मुसिकोटमा काँग्रेस एकताबद्द छ भन्ने सन्देश प्रवाह गर्ने उद्धेश्यले नगरसम्मेलन आयोजना गरिएको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति झविलाल भण्डारीले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

कार्यक्रममा जिल्लाका १२ वटै पालिकाका पालिका सभापति क्षेत्र, प्रदेश, जिल्ला सहितका पदाधिकारीहरुलाई निमन्त्रणा गरिसकिएको र कार्यक्रमको तयारी पुरा भएको उहाँले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्न विभिन्न चरणमा बैठकहरु बसेर तयारीका काम सम्पन्न गरिएको सचिव तेजिन्द्र जिसीले जानकारी दिनुभयो । जसका लागि विभिन्न ११ वटा उपसमितिहरु निर्माण गरिएको छ । वामीटक्सार स्थित कर्भड हलमा हुने कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा पार्टीका केन्द्रीय सदस्य चन्द्र केसी, उर्मिला थपलिया लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीका उपसभापति शिव बहादुर खत्रीले जिल्लाका ९३ वटै वडामा वडा सम्मेलन सम्पन्न गरी अहिलेसम्म १० वटा स्थानीय तहमा पालिका सम्मेलन समेत सम्पन्न गरिएको जानकारी दिनुभयो । वर्षमा १ पटक सम्मेलन गर्ने पार्टीको विधानमा व्यवस्था भएबमोजिम सम्मेलनले विगतको समिक्षा सहित आगामी नीति तथा कार्यक्रम तय गर्ने जानकारी दिनुभयो।

 

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो