Awareness Campaign

स्वस्थानी कथा सुन्न धागिथुम मन्दिरमा भक्तजनको चहलपहल



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको तम्घासस्थित धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल बढिरहेको छ। पछिल्लो समय मन्दिरमा पुजाआरधाना गर्ने, कथा सुन्ने र भजनकृतन गर्ने श्रद्धालुको संख्या दैनिक बढिरहेको छ।

धागिथुम भगवती मन्दिर परिसरमा गतबर्ष स्वस्थानी माताको मन्दिर निर्माण गरिएको थियो। धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको मन्दिरमा गत पौष ३० गतेदेखि स्वस्थानी पूजा आरधाना चलिरहेको छ । नेपाली सेनाको व्यारेक परिसरमा रहेको यस धागिथुममा भगवतीको मन्दिरमा भक्तजनाको घुइँचो बढिरहेको छ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ ।

सोहि मन्दिर जस्तै यहाँ पनि स्थापना गरिएको छ । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी ब्रत चलिरहेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि स्वस्थानी कथा र ब्रतको ठूलो महत्व रहेकाले यहाँ भक्तजनको चहलपहल बढिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । पुरानो इतिहास बोकेको धागिथुम मन्दिरमा अहिले स्वस्थानी कथा वाचन,पुजा आराधना संगै भजनकृतन भइरहेको छ ।

Forest
Forest
Ad.

मन्दिर निर्माणले पछिल्लो समय व्रत बस्नेलाई सहज र भक्तजनको धार्मिक क्षेत्रमा थप विश्वास बढेको थापाले बताए । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । गुल्मी जिल्ला ऋषिमुनिहरुले तपस्या गरेको स्थल रहेकाले यसक्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ ।

स्वस्थानी माताको मन्दिर रेसुङ्गा नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । मन्दिर निर्माणसँगै यहाँको पर्यटन प्रर्वद्धनमा पनि नगरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।।निजी क्षेत्रको सक्रियतामा निर्माणले भक्तजनमा थप उत्साह थपिएको रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताईन् । उनले करिब दुई सय वर्षअघि १८औं शताब्दीको अन्त्यतिर निर्माण भएको धागिथुम भगवती मन्दिरको आफ्नै धार्मिक महत्व र महिमा रहेको सुनाइन् ।

रेसुंगा नगरपालिकाले नेपाली संस्कृति र मौलिकताको संरक्षण र प्रर्वद्धनका निम्ति सहयोग गर्दै आएको उपप्रमुख कुँवरले बताईन् । उनले नेपाली कला संस्कृति र मौलिकता देशकै पहिचान रहेकाले यसको संरक्षण र प्रचारप्रसार सबैको दायित्व रहेको बताइन् । मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । जसमा पाँचवटा गजुर छन् । मन्दिरको छानो पनि पित्तलले छाइएकाले यसमा भक्तजनको थप आकर्षण देखिन्छ । स्वस्थानी माताको मन्दिर स्थापनासँगै दैनिक पूजाआजा तथा कथा वाचनमा तम्घास बजार आसपासबाट श्रद्धालु आइरहेको धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

मन्दिरमा पुगेर पुण्य काममा सरिक हुन पाइने भएकाले यहाँ भक्तजनको आर्कषण र विश्वास बढिरहेको उनले बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाका अनुसार यहाँ वडादशैंमा नवदुर्गा भगवान र माघमा स्वस्थानी माताको पुजाआरधाना हुने गर्दछ ।

Awareness by SKF

मन्दिरमा धार्मिक तथा नागको ठुलो शक्ति रहेकाले पनि भक्तजनको ठुलो विश्वास बढ्दै गएको छ । यस मन्दिर र यहाँको धार्मिक विशेषताको प्रचारप्रसारका माध्यमबाट श्रद्धालु भित्राउने अपेक्षा लिएको थापाले बताए। – लाइभ गुल्मी 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो