Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका तकमानलाई एकल लोक गायकको सर्वोत्कृष्ट अवार्ड



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीका तकमान विकल्पले एकल लोक गीत गायकको सर्बोत्कृस्ट अवार्ड पाएका छन। जिल्लाको इस्मा गाउँपालिका -३ दर्लामचौरका विकल्पले ‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड-२०२४ मा सर्बोत्कृस्ट गायक अवार्ड प्राप्त गरेका हुन् । उनले ´मुटु चस्कनी` गीत मार्फत उक्त अवार्ड पाएका हुन् ।

लोक दोहोरी गायक गणेश अधिकारीको शब्द सिर्जना रहेको ´मुटु चस्केनी` गीतमा सुनिता बुढाक्षेत्री र तकमान विकल्पको स्वर रहेको छ । चर्चित मोडल सारीका केसी र आशिष प्रताप जंगले गीतको भिडियोमा अभिनय गरेका छन् । सुजन म्युजिक प्रालिको आयोजनामा माघ १३ गते विविध कार्यक्रमका बीच भारतको राजधानी नयाँ दिल्लीमा अवार्ड वितरण गरिएको थियो ।

तकमान विगत १० बर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । सर्बोत्कृस्ट गायक अवार्ड दिलाउने मुटु चस्केनी गीत उनको पहिलो एल्बम हो । गीत संगीतमा सानै उमेरदेखि रुचि भएपनी आफूले केही समस्याका कारण त्यता समय दिन नसकेको गायक विकल्पले बताए ।

सिंचाई
Forest
Ad.

गायक विकल्पले गीत संगीत गर्ने कलाकारलाई उत्कृष्ट छनोट गरेर अवार्डले सम्मान गरेकोमा संगीत क्षेत्रमा थप हौसला प्रदान गरेको बताए । उनले गीतलाई माया गर्ने दर्शक, स्रोतालाई स्मरण गर्दै आफूलाई सर्बोत्कृस्ट अवार्ड प्रदान गर्ने आयोजकलाई धन्यवाद दिए । लोकसंस्कृतीको जर्गेना गर्ने उद्देश्यले गत बर्षदेखि नेपाल र भारतका दर्जनौ कलाकारहरुका बीचमा विभिन्न विधाहरुमा उत्कृष्ट हुने कलाकारहरुलाई अवार्ड प्रदान गर्दै आएको छ ।

सुजन म्युजिक प्रालिका अध्यक्ष जमुना रानाले भारतमा नेपालीहरुको अवार्ड कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको बताइन्। अध्यक्ष रानाले नेपाल र भारतमा रहेका संगितकर्मीहरुको नेपाली गित संगीतप्रतिको योगदानलाई सम्मान गर्न यसबर्ष पनि अवार्ड कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो