बुटवल: नेपाल विद्यार्थी संघ (नेविसंघ) लुम्बिनी वाणिज्य क्याम्पसको १२ औं इकाई अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सिद्धार्थ श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको छ।
लामो समयदेखि स्थगित रहेको अधिवेशन सम्पन्न हुनु क्याम्पसका विद्यार्थीहरूको लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। अधिवेशनको अध्यक्षता नेविसंघ लुम्बिनी वाणिज्य क्याम्पसका उपसभापति ॐमहरी आचार्यले गरेका थिए। प्रमुख अतिथिका रूपमा नेविसंघ केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि अशोक गौतम उपस्थित थिए।
कार्यक्रमको औपचारिक सुरुवात विद्यार्थी नेता ऋषि पन्थीको स्वागत मन्तव्यबाट भएको थियो।अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि अशोक गौतमले नेविसंघको ऐतिहासिक योगदान र विद्यार्थी आन्दोलनका विषयमा चर्चा गर्दै भावी रणनीतिबारे धारणा राखे। उनले विद्यार्थीहरूको हकहितका लागि संगठनले अझ सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यस्तै, नेविसंघ रुपन्देही जिल्ला कोषाध्यक्ष रोशन थापाले नेविसंघले नेतृत्वदायी भूमिकामा खेल्न गरेको योगदानबारे चर्चा गर्दै नव-निर्वाचित समितिलाई शुभकामना दिए। स्ववियु लुम्बिनी वाणिज्य क्याम्पसका सचिव निराजन खरेलले नव-निर्वाचित समितिबाट विद्यार्थीहरूको शैक्षिक अधिकार र क्याम्पसको समग्र विकासमा ठोस कदम उठ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रह्यो। सहभागीहरूले नेविसंघप्रति आस्था व्यक्त गर्दै संगठनको आगामी गतिविधिहरू प्रभावकारी हुने अपेक्षा गरेका छन्।
अधिवेशनको समापनमा सभापति ॐमहरी आचार्यले नव-निर्वाचित समितिलाई बधाई दिँदै विद्यार्थीहरूको समस्या समाधानमा सक्रिय भएर काम गर्न आग्रह गरे। साथै, अधिवेशन सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरे।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








