गुल्मी: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) गुल्मीको आयोजनामा जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।
गोल्डेन फ्यूचर एकेडेमी मुसिकोट नगरपालिका -७, वामीटक्सार गुल्मीको सह आयोजनामा वामीटक्सारमा सम्पन्न कार्यक्रममा एन प्याब्सनमा आबद्ध जिल्ला भित्रका संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।
विभिन्न ५ विधामा सञ्चालन भएको प्रतियोगीता मध्ये एकल गायन प्रतियोगीतामा ६ विद्यालयका प्रतियोगी सहभागी भएका थिए । जसमा गण्डकी बोर्डिङ स्कुलकी दिप्सना थापा प्रथम, छत्रदेवी बोर्डिङका आशिष सुनार द्धितिय र गोल्डेन फ्यूचर एकेडेमीका ममता खराल तृतीय भएका छन् ।
त्यस्तै शिक्षा र रोजगारका नाममा विदेशिनुको विकल्प, स्वदेशमै जनशक्ति व्यवस्थापनको गरौँ संकल्प शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगीता तर्फ ५ विद्यालयका प्रतियोगी सहभागी भएका थिए । जसमा लिटिल बोर्डिङकी ममता महाकिम प्रथम, गण्डकी बोर्डिङका अंकित पाण्डे द्धितिय र भानु बोर्डिङका आरोस सापकोटा तृतीय भएका छन् ।
रेकर्ड डान्स प्रतियोगीता तर्फ सहभागी ७ प्रतियोगी मध्ये गोल्डेन फ्यूचर एकेडेमीकी रियान्सा खत्री प्रथम, गण्डकी बोर्डिङकी शुभेन्छा आचार्य द्धितिय र भानु बोर्डिङकी प्रकृतिका गिरी तृतीय भएका छन् ।
त्यस्तै सुन्दर अक्षर लेखन प्रतियोगीता तर्फ भानु बोर्डिङकी प्रिन्सि कंडेल प्रथम, ज्ञानकुञ्ज बोर्डिङकी सुहानी शाह द्धितिय र छत्रदेवी बोर्डिङकी मेगीना कार्की तृतीय भएका छन् भने चित्रकला प्रतियोगीता तर्फ सहभागी ७ प्रतियोगी मध्ये गण्डकी बोर्डिङका अनमोल परियार प्रथम, ज्ञानकुञ्ज बोर्डिङका संगम कामी द्धितिय एवम् भानु बोर्डिङकी प्रकृति गुरुङ तृतीय भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले नेपालको शैक्षिक विकासमा नीजि क्षेत्रको भुमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले नीजि विध्यालयेले पालना गर्नुपर्ने सरकारका नीति नियमहरु नमान्ने परिपाटि र आफुलाई स्वायत्त ठान्ने प्रवृति कतै रहेको भन्दै त्यस्तो नगर्न र नाफामुखी भन्दा पनि सेवामुखी भएर काम गर्न आग्रह गर्नुभयो ।
नेशनल प्याब्सन गुल्मीका अध्यक्ष ओम बहादुर टण्डनले विद्यालय स्तरमा रहेका प्रतिभाहरुको उजागर गर्ने र त्यस्ता प्रतिभाहरुलाई जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरसम्म पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा वामी श्रोत केन्द्रका पूर्व श्रोत व्यक्ति टंकनाथ भण्डारी, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्मा, गोल्डेन फ्यूचर एकेडेमीका प्रबन्ध निर्देशक गोपीकृष्ण खरेल, सञ्चालक समिति अध्यक्ष महेश बहादुर जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, रुद्रावती बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष भुवन के.सी, श्री कृष्णहरी रुद्रातवी सापकोटा आँखा उपचार केन्द्रका अध्यक्ष अग्नीधर लोहोनी, नेशनल प्याब्सन लुम्बिनी प्रदेश सदस्य पदम टण्डन, बसन्त अधिकारी, गोल्डेन फ्यूचर एकेडेमीका प्रिन्सिपल लोकनाथ सापकोटा, गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष लक्ष्मण फुल्लेल, विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन गुल्मीका सचिव सुनिल बस्नेतले गर्नुभएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |