Salime Malika Krishi Farm

Awareness Campaign

आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: सल्यानमा एक महिलाले प्रेम सम्बन्ध टिकाई राख्न आफ्नै दुई छोरीको हत्या गरेको खुलेको छ। वनगाड कुपिन्डे नगरपालिका-११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्।

दुई छोरीको हत्या गर्नुको कारण प्रेमी सामु अविवाहित देखाउने रहेको प्रहरीलाई बयान दिएकी छन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी दुई छोरीको पुस २४ गते हत्या गरेकी हुन्।

सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएको र प्रेमीसँगै बिहे गर्ने योजना अनुसार छोरीको हत्या गरिएको पाइएको हो। प्रेमीले थाहा नपाऊन् भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।

सिंचाई
Forest
Ad.

‘पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,’ डीएसपी न्यौपानेले भने पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला-मजदुरीका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। त्यहि बेला देखि पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै एक युवकसँग प्रेम सम्बन्ध थियो। अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन्। उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।

सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो। पुस दोस्रो साता ती युवक बिहे गर्ने योजनाका साथ भारतबाट फर्किए। छिमेकी पालिकाका बासिन्दा भएकाले उनीहरूबीच छिट्टै भेट्ने कुरा भयो। भेट्ने समय नजिक आउन थालेपछि पूर्णिमाले दुई छोरीको पालैपालो घाँटी थिचेर हत्या गरेको साबिती बयानसहित स्वीकार गरेको डिएसपी न्यौपानेले बताए।

‘परपुरूषसँग प्रेम सम्बन्धमा रहेको र आफू अविवाहित भएको देखाउन पूर्णिमाले छोरीहरूको हत्या गरेको पुष्टि हुन्छ’ डिएसपी न्यौपानेले भने। यसअघि पूर्णिमाले श्रीमानसँग फोनमा विवाद भएपछि आवेगमा आएर छोरीहरूको हत्या गरेको भनेर झुटो बयान दिएकी थिइन्। हत्या गर्नुअगाडि उनले प्रेमीसँग भने फोनमा कुरा गरेको पुष्टि भएको छ।

प्रहरीका अनुसार पूर्णिमालाई श्रीमान टेकबहादुरले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको खुल्दैन। एकपटक प्रेमीसँग कुरा गरेको देखेपछि भने त्यसो नगर्न भनेर सम्झाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Awareness by SKF

प्रहरीले पूर्णिमाका प्रेमी, उनीहरू दुवैका मोबाइल फोन पनि नियन्त्रणमा लिएर घटना अनुसन्धान गरेको थियो। अहिलेसम्म घटनामा ती युवकको कुनै खाले संलग्नता नखुलेको प्रहरीले बताएको छ। मोबाइलहरू भने फरेन्सिक जाँचका लागि काठमाडौंमा पठाइएको छ। पूर्णिमाविरूद्ध दुई छोरीको हत्याको कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी परेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो