– बाबुराम महत
गुल्मी: गुल्मीको मालिका गाउँपालिकाको प्रशिद्ध ऐतिहासक र निकै मनोरम धार्मिक तथा पर्यटकीय स्थल लेकपोखरा माघे संक्रान्ति मेला विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
मालिका गाउँपालिका-५ मा पर्ने लेक पोखराले ३ सय बर्ष पुरानो तपोभुमिको इतिहास बोकेको छ। आज भन्दा ३ सय बर्ष अघि ज्ञवाली थरका बालानन्द तपस्वी त्यस थलोमा तपस्या गरेको जनश्रुति रहेको छ। समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको लेकपोखरा टापुमा उति बेला पानीको अभाव थियो।
पिउने पानीका लागि उनै बालानन्द तपस्वीले एउटा चिम्टाले खनेर बनाएको पोखरीको नाम नै लेक पोखरा रहन गएको लेक पोखरा माघे संक्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर महतराले जानकारी दिए।
परापुर्व काल देखि त्यसै पोखरी र बालानन्दले तपस्या गर्ने स्थलमा हरेक बर्षको माघे संक्रान्तिको अघिल्लो रात भजन किर्तन गर्ने र अर्को दिन पुजा अर्चना सहित मेला लाग्दै आएको अध्यक्ष महतरा बताउनुहुन्छ। त्यस्तै लेक पोखरा धार्मिक क्षेत्रका जानकार बुद्धि सागर अर्यालले त्यहाँको ऐतिहासिक महत्व बारे प्रकाश पारेका थिए।
क्रमिक रुपमा लेक पोखराको धार्मिक तथा पर्यटकीय विकासमा हाल त्यस वडाका अध्यक्ष रेखा कुमार जिसीको नेतृत्वमा स्थानीय समाजसेवीहरु अहोरात्र खट्दै आएका छन। फलस्वरूप लेकपोखरा यति बेला झकिझकाउ बनेको छ। उक्त पोखरी यति बेला आकर्षक तलाउमा परिणत भएको छ। मनोरम मालिका मन्दिर र ऋषिकेश मन्दिर निर्माण भएको छ। तल देखि माथिसम्म पुग्ने सिँढी र दुवै तर्फ रेलिङ्ग सहितको पद मार्ग बनेको छ।
प्राकृतिक रुप मै अनौठा-अनौठा संरचनाको खानी हो लेकपखरा धार्मिक क्षेत्र:
उत्तर तर्फ फर्किएको उल्टे ढुंगाको छत मानव निर्मित घरको छत झैँ सयौँ मानिस अट्न सक्ने प्राकृतिक रुपमै रहेको छ। त्यस छतको तल त्यति नै मानिसले ओत लिन सक्ने ओढार पनि छ। जसलाई उति बेलाको सभाहल पनि भन्ने गरिन्छ। जहाँ सेल्फी खिच्ने र टिकटक बनाउने युवायुवतीको दैनिक जसो भिड लाग्ने गर्दछ। अलिपर सत्य युगका देवताहरुले बाईपंखे घोडा चढेर हिँडेको बताईने र उस्तै देखिने ढुङ्गाको आकृति छ। त्यहा कयौं अनौठा आकृतिले मनै लोभ्याउने लेक पोखरा समथल उपत्यका रहेको छ।
जहाँ बेलाबेलामा विदेशी नागरिकहरु पनि अवलोकन गर्न आउछ्न। सदा झैँ यसपालीको माघे संक्रान्तिको पुर्व सन्ध्यामा पुस २७ गते देखि विभिन्न कार्यक्रमका बिच माघे संक्रान्ति मेला सम्पन्न भएको हो।
मेलाको पहिलो र दोश्रो दिन भलिबल खेल प्रतियोगिता सम्पन्न गरिएको थियो। ३४ टिम सहभागी मध्ये मालिका-५ को तिखिचुली युवा क्लब प्रथम भएको छ। मालिका-२ को तुल्सी स्मृति क्लव दर्लिङ्ग द्वितिय भएको छ।
तेस्रो दिन पुस २९ गते भजन र बाजा समुहको प्रस्तुतिले गुन्जायमान बनेको थियो। माघे संक्रान्तिको दिन स्थानिय कृषि उत्पादनको प्रदर्शनी सहित औपचारिक समारोहका बिच सम्पन्न भएको थियो। कृषि प्रदर्शनीको प्रतिस्पर्धामा मालिका ५ का कमल घिमिरे प्रथम हुनु भएको छ। वडा नम्बर ६ अर्जैका गोविन्द भण्डारी द्वितिय र सोहि स्थानका राम प्रसाद अर्याल तृतीय र इस्मा ४ दोहलिकि राधिका अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ।
विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाकी सदस्य विष्णु कुमारी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए। प्रमुख अतिथि सापकोटाले संघिय सरकारबाट लेक पोखराको धार्मिक र पर्यटकिय विकासका लागि बजेट पारिदिने प्रतिबद्धता जनाएका थिए।
त्यस्तै विशेष अतिथि लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र बहादुर कार्की, प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष डिल्लीराज अर्याल , मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल र धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखेरल वडा नम्बर ५ का वडाध्यक्ष रेखा कुमार जिसिले त्यस पर्यटकिय क्षेत्रको विकास बारे आफुहरुले खेलेको र भबिस्यमा खेल्ने भुमिका बारे प्रकास पारेका थिए।
कार्यक्रममा मालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल , धुर्कोटका उपाध्यक्ष सिता गिरि , मालिका ५ र ६ , ७ र ८ का वडाध्यक्षहरु क्रमशः रेखा कुमार जिसि , दिपक भण्डारी, हिरा बहादुर कार्कि , सुर्य बहादुर जिसि , मालिका गाउँपालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसाल लगायतका कर्मचारी , जनप्रतिनिधि र समाज सेविहरुको सहभागीता थियो ।
लेख पोखरा माघे संक्रान्ति मेला संरक्षण समिति अध्यक्ष चन्द्र बहादुर महतराको अध्यक्षता रहेको कार्यक्रममा सल्लाहकार कृष्ण थापाको स्वागत मन्तव्य र सदस्य बुद्धि सागर अर्यालको संचालन रहेको थियो। समापन समारोहमा गायिका अस्मिता डल्लाकोटी र मोहन खड्का सहित स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिएका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |