– सुदर्शन पन्थ
पुस २०, गुल्मी: गुल्मी जिल्ला छत्रकोट-६, दौघा नौधारा निवासी तेज बस्नेत र अनिता बस्नेतको जीवन राम्रै चलेको थियो। दुई सन्तान ईश्वरको वरदान भने झैप दुई छोरा छोरी, सानो अनि खुशी परिवार। तर यो परिवारमा दैवको आँखा लाग्यो।
सामान्य ज्वरो आएपछि छोरा एरिक बस्नेतलाई स्थानीय विभिन्न अस्पतालमा उपचार गराउदा पनि ठिक नभएपछि पौष ६ गते कान्ति बाल अस्पताल काठमाडौमा उपचारको लागि लगियो। विडम्बना त्यहाँ उनलाई चेकअप गर्दा ब्लड क्यान्सर जस्तो घातक रोग लागेको पुष्टि भयो। खुशी साथ जिन्दगी कटाइरहेको यो परिवारमा एक्कासी बज्रपात पर्यो।
उमेरले भर्खर ५ बर्ष मात्र पुगेका एरिक एल.के.जि. मा पढ्छन्। उनीसँगैका साथीहरू रमाएर विद्यालयमा पढ्न जान्छन् तर उनी यति बेला अस्पतालको बेडमा जन्म मरणको दोसाँधमा छन्। उनको उपचारको लागि २० लाख लाग्ने र लगातार ६ महिनासम्म किमोथेरापी गर्नु पर्ने डाक्टरले सुझाव दिएका छन्।
उनको घरको आर्थिक अवस्था सामान्य भएको र उनको उपचारको लागि लाग्ने खर्च जुटाउन समस्या भएकोले उनको परिवारले यतिबेला सहयोगको अपिल गरिरहेको छ।
तपाईं हाम्रो सानो सहयोगले एरिकको जीवन बचाउन सकिन्छ। उनको उपचारको लागि सक्दो सहयोग गरिदिनु हुन ओझेलका खबर मिडिया पनि हार्दिक अपिल गर्दछ।
सहयोगको लागि एरिकको बुवा तेज बस्नेतको सम्पर्क नं. ९८४७१६६३२८ र आमा अनिता बस्नेतको सम्पर्क नं. ९८६९०६५४९९ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








