Salime Malika Krishi Farm

Awareness Campaign

दोस्रो मुसिकोट महोत्सव जारी चौथो दिन दर्शकहरुको उल्लेख्य उपस्थिति



सागर भण्डारी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सार बजारमा जारी दोस्रो मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेला चौँथो दिन पनि जारी रहेको छ। चौँथो दिन दर्शकहरुको उल्लेख्य उपस्थितिका साथ कार्यक्रम भव्य बनेको छ।

मुसिकोट महोत्सव तथा औधोगिक एवं व्यापार मेलाको चौँथो दिन प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले महोत्सवले मुसिकोट क्षेत्रको प्रवद्र्धन संगै यस क्षेत्रको व्यापार व्यवसाय, आर्थिक क्षेत्र चलायनमान गराउने बताउनुभयो ।

चौँथो दिन सोमबार भलिबल प्रतियोगताका सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । जसमध्ये मुसिकोट युवा क्लव र गलकोट भलिबल समुह फाईनलमा प्रवेश गरेका छन् । मंगलबार भलिबलका दुई खेल हुनेछन् । तेश्रो उपाधिका लागि मुसिकोट नगर खेलकुद विकास समिति र कालिका हार्डवेयर बीच तथा फाईनल खेल हुने खेलकुद संयोजक लक्ष्मण फुल्लेलले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

सोमबार मुसिकोड डान्स आईडल पनि सम्पन्न भएको छ । जसमध्ये प्रतियोगीतामा सहभागी ६ जना सबैलाई प्रोत्साहन पुरस्कार उपलब्ध गराईएको प्रचार प्रसार समिति संयोजक बसन्त अधिकारीले जानकारी दिनुभयो । सोमबार झण्डै ५ हजार दर्शकको उपस्थिति रहेको थियो ।

भने राष्ट्रिय कलाकारहरु सम्झना भण्डारी, नन्दु परियार, शिव हमाल, जादुगर बलराम सर्कार लगायतको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ७ मा रहेका नेवार समुदायहरुको लाखे नाँच प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार प्रसार समिति संयोजक बसन्त अधिकारीले गर्नुभएको थियो । गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा पौष १२ देखि सुरू भएको महोत्सव २१ गतेसम्म संचालन हुनेछ ।

महोत्सवमा जिल्लामा रहेका साना तथा मझौला उद्योगबाट उत्पादन हुने सामग्रीहरूको प्रदर्शनी, कृषि प्रर्दशनी, शैक्षिक प्रदर्शनी, खुल्ला भलिबल प्रतियोगीता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

Awareness by SKF

महोत्सवमा विभिन्न औधोगिक क्षेत्रबाट उत्पादित सामग्री सँगसँगै गुल्मी जिल्लाका विभिन्न जाति विशेषका खानाका परिकार, विविध संस्कृति झल्कने झाँकी दैनिक रुपमा प्रस्तुत गरिने गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले बताउनुभयो ।

मंगलबार पाँचौ दिन लोक तथा दोहोरी गायिका विमिता घर्ती मगर, रितु शाही, अर्जुन कौशल, दिनसा डान्स ग्रुप लगायतको प्रस्तुती रहनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो