मंसिर ३०, बागलुङ: बडिगाड गाउँपालिकामा सञ्चालन भएको छैठौं पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा त्रिभुवन मावि खर्वाङले रनिङ शिल्ड जितेको छ।
त्रिभुवनले १७ स्वर्ण, ७ रजत र ६ काश्य पदक सहित ३० पदक हातपार्दै प्रथम भएको हो। लगातार छैठौं पटक नै विजेता बनेपछि त्रिभुवनले दोस्रो शिल्ड पनि आफ्नो हात पारेको हो।
त्यस्तै ९ स्वर्ण, ८ रजत र ३ कास्य सहित २० पदक सहित भानु माध्यमिक विद्यालय ग्वालीचौर द्वितिय भएको छ। त्यस्तै ५ स्वणर्, ५ रजत र ३ कास्य पदक सहित १३ पदक प्राप्त गर्दै खड्क देवि मावि तुन्डाडा तृतिय भएको बडिगाड गाउँपालिकाका प्राविधिक सहायक कुलराज घिमिरेले जानकारी दिनुभएको छ।
गाउँपालिका भित्रका १५ वटा माध्यमिक विद्यालयको सहभागितामा ३८ स्वर्ण सहित कुल १ सय १४ पदकमा खेल भएको थियो। कार्यक्रम गाउँपालिका भित्रका भिमगिठे मावि, बुद्ध मावि, भानु मावि र त्रिभुवन माविमा सञ्चालन भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |