Clean Water Campaign

Awareness Campaign

नारायणघाट बुटवल सडक छिटो नसके कडा आन्दोलनमा उत्रिने चेतावनी



शर्मिला चुँदारा
७ महिना अगाडि


Awareness

Place for ads

बुटवल नारायणगढ पूर्वपश्चिम राजमार्गको स्तरोन्नति कार्य छिटो नसके कडा आन्दोलनमा उत्रिने नवलपुर जिल्लाबासीले चेतावनी दिएका छ्न ।

डण्डा बजार व्यवस्थापन समितिको नेतृत्वमा शनिबार विहान ढिलासुस्तीको बिरोध स्वरुप आधा घण्टा राजमार्ग अबरुद्ध पार्दै कोणसभा गरेर सरकारलाई यस्तो चेतावनी दिएका हुन । विहान आधा घण्टा सडक अवरुद्ध गरिएको हो ।

सिंचाई
Forest
Ad.

बजार व्यवस्थापन समितिका अध्यक्ष हरि केसीले ५ बर्ष अघिदेखि भत्काएर राखेका सडक अझै मर्मत नगरेको र कालोपत्रे गर्न ठिक्क परेको ठाउँमा पनि १ बर्षदेखि कालो पत्रे नगरेर धुलो उडाएर राखेको कारण सडक अवरुद्ध गरिएको र छिटो नसके कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
केसीले प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले डण्डाका स्थानीय र सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीका प्रशासन बीच छलफल गराउने प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलाईएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →