Clean Water Campaign

Awareness Campaign

तानसेन नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरुलाई सरफ बनाउने तालिम प्रदान



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Awareness

Place for ads

सन्तोष गहतराज, पाल्पा: जिल्लाकाे तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ३३ औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसरमा तिनदिने सरफ बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सिपमुलक कार्यक्रमकाे माध्यमबाट स्वराेजगार बनाउने उधेश्यले ३ दिने सरफ बनाउने तालिम प्रदान गरेको हाे।

तालिमकाे शुभारम्भ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नु भएको हाे । नगरपालिकाले तालिमकाे माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउन तालिम शुरू गरेको जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले तालिमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता बनाउन, समुदायमा उनीहरूको स्थान बलियो बनाउन र समावेशी समाज निर्माणमा टेवा पुर्‍याउने उधेश्यले तालिम शुरू गरिएको बताउनुभयो । सरफ बनाउने जस्ता व्यावसायिक सीपहरूले स्थायी आय आर्जनका लागि अवसर सिर्जना गर्ने बताउनुभयो । तालिम केवल सीप सिक्ने प्रक्रिया मात्र होइन, यो अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउँदै उनीहरूको क्षमता उजागर गर्न एक महत्वपूर्ण अवसर रहेको बताउनुभयो । समाजको प्रगतिका लागि समावेशीता र समान अवसर अपरिहार्य छन् । यस तालिमले फरक क्षमता भएका नागरिकलाई स्वरोजगारका सम्भावना खोल्नेछ र दीर्घकालीन रूपमा आत्मनिर्भर जीवनयापनका लागि प्रेरित गर्ने बताउनुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएकाे बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले यस्ता प्रयासलाई निरन्तरता दिने बताउनुभयो । तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउन र उनीहरूको आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो । यस्ता कार्यक्रमहरूले केवल व्यक्तिगत जीवन परिवर्तनमात्र गर्दैनन्, अपितु समग्र समाजलाई समावेशी र न्यायपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले सरफ उत्पादन जस्तो व्यावसायिक सिपले घरायसी आवश्यकतामा सहजीकरण गर्दै आर्थिक उपार्जनका लागि पनि मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

तानसेन नगरपालिकाले यस प्रकारका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सशक्तिकरणका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । मेहनत, सीप र आत्मविश्वासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुँदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गर्नुभयाे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो