Awareness Campaign

आन्दोलनबाट भ्रष्टाचारीहरु बढारिन्छ: सुदर्शन बराल



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Awareness

Place for ads

रुद्रहरि कुँवर, बुटवल: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले भ्रष्टाचार विरुद्धको आन्दोलनले एमाले काङ्ग्रेसका भ्रष्टाचारीहरु बढारिने बताउनु भएको छ।

माओवादी केन्द्रले मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचार विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिनुहुँदै उहाँले भन्नुभयो, ‘एमाले कांग्रेसको यहि रबैया रहे हिउँदमा सडक आन्दोलन गर्नुपर्ने हुन्छ।’

त्यसैबाट एमाले काङ्ग्रेसका भ्रष्टाचारीलाई बढारिन्छ। “नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बुटवल उपमहानगर वडा न ११ को सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘माओवादी केन्द्र सुशासन र जनताको हितमा काम गर्ने एक मात्र पार्टी हो। माओवादी केन्द्र नेतृत्वको सरकारले मुलुकमा सुशासन कायम गर्दा एमाले काङ्ग्रेस आतंकित बन्यो।’

सिंचाई
Forest
Ad.

सुशासन कायम गर्दा ठगी खान पल्केकाहरु थर्कमान भएको र माओवादी केन्द्र नेतृत्वको सरकारले न्याय सुशासन स्थापित गर्न खोजेकाले नै एमाले काङ्ग्रेस सरकार गिराएको उहाँको भनाइ छ। सामाजिक न्याय, सुशासन र जनहितमा काम गरेकै कारण सरकारबाट हटाईएको उहाँको भनाई छ।”

ठुलाले जे गरे पनि हुन्छ कानुन मानेपनि हुन्छ नमाने पनि हुन्छ भन्ने भन्ने भास्यलाई अन्त्य गरियो । ” उहाँले भन्नू भयो-“ठुलालाई चैन सानालाई ऎन भन्ने नेपाली उखान अब रहेन ।” आरोप लागेको माओवादी केन्द्रका नेताहरुले छानबिन गर्न पार्टीले नै सहजीकरण गरेको बताउदै उहाँले कम्बोडियामा प्रधानमन्त्रीको लगानीको छानबिन गरिनु पर्ने बताउनु भयो । ”

आरोप लागेकालाई छानबिन गर्नुपर्छ , आरोप लगाउनेलाई थुनेर मात्र हुँदैन ।” उहाँले भन्नू भयो । वडा अध्यक्ष पुर्ण बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका पुर्व सदस्य एवं पार्टीका प्रदेश समिति सदस्य दिपा बिक, प्रेस सेन्टर नेपालका प्रदेशका वरिष्ठ उपाध्यक्ष रुद्रहरि कुँवर, नगरका उपाध्यक्ष सुधन अधिकारी, निर्वाचन समिती संयोजक यज्ञ पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

माओवादी केन्द्रले देशै भरी वडा अधिबेशन चलिरहेको छ । त्यसै बीच नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तिलोतमा नगरपालिका -४ को वडा अधिबेशन वार्ड समितिका अध्यक्ष नेत्र रुचालको अध्यक्षता तथा पार्टीका जिल्ला सयोजक निर्मल जि सिको प्रमुख आतिथ्य विशिष्ट अतिथी प्रदेस सदस्य सुदिप न्यौपाने अथिथी नगर अध्यक्ष बेल प्रसाद शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।

Awareness by SKF

अधिबेशनले मनोहर रसाइलीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । त्यसै गरि वडा न १३ को तेस्रो अधिवेशनले कमल खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ भने वडा १४ को पनि अधिवेशन सम्पन्न भएका छन । उक्त पार्टीका तिलोत्तमा नगर इन्चार्ज धन बहादुर गुरुङले वडाका अधिवेशन भैरहेको र पालिकाको अधिबेशनको तयारी सुरु गरिएको जानकारी दिनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो