Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीका उत्कृष्ट करदाता भन्छन्: ‘सरकारले काम गरेको पैसा नदिँदा लुकेर हिड्ने बनायो’



टोपलाल अर्याल
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको रेसुंगा नगरपालिका-९ का निर्माण व्यवसायी विजय खनाल लगातार तीन बर्ष उत्कृष्ट करदाता बनेका छन्। करदाता सेवा कार्यालय गुल्मीले कर सप्ताहको समापन गर्दै उत्कृष्ट करदातासहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो । सोहि अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले अर्जुन बिल्र्डसका प्रोपाइटर बिजय खनाल र श्रीमती लक्ष्मी खनाललाई सम्मान गरेका थिए । उनले आर्थिक बर्ष ०७९/०८० मा २५ लाख ३६ हजार ३६७ रुपैयाँ कर तिरेका थिए।

सम्मानपछि बोल्दै खनालले सरकारले काम गरेको पैसा समयमै भुक्तानी नगरेका कारण सम्मानपछि लुकेर भाग्ने अवस्थामा निर्माण व्यावसायी रहेको बताए । काम गरेको पैसा सरकारले नदिने तर क्रृण खोजेर बिलको कर बुझाउने बिडम्बनाको अन्त्य हुनुपर्ने खनालले बताए । ‘मैले पैसा नदिने सरकारलाई सवैभन्दा बढि कर तिरेर उत्कृष्ट बनिरहेको छु । मेरो करोडौको काम गरेको पैसा पाएको छैन,’उनले भने,‘सरकार लुकेर हिड्ने र क्रृण काढेर कर तिर्ने कहिलेसम्म ? ।’

निर्माण व्यावसायी खनालले रम्बा गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गरिरहेका छन् । सो अस्पतालको १० करोड, गुल्मीदरवार गाउँपालिकाको १५ शैयाको अस्पतालको करिव एक करोड ३० लाख र भैरहवा सडकबाट १५ लाख गरेर १२ करोड रुपैयाँ बढि रकम नपाएको निर्माण व्यावसायी खनालले गुनासो गरे।

सिंचाई
Forest
Ad.

त्यस्तै करदाता सेवा कार्यालयले पालिकागत रुपमा सवैभन्दा बढि कर तिर्ने फर्म र व्यक्तिहरुलाई सम्मान गरेको छ । कालीगण्डकीबाट टिष्टा बिल्डर्सका चोक बहादुर कुवर, सत्यवतीबाट सिद्धबाबा सप्लायर्सका रिसिराम पाण्डेय, चन्द्रकोटबाट चन्द्रकोट कन्स्ट्रक्सनका वीर बहादुर थापा र छत्रकोट गाउँपालिकाबाट बासुरी निर्माण सेवाकी जमुना न्यौपाने सम्मानित भएको करदाता सेवा कार्यालय गुल्मीका कर अधिकृत बिक्रम पन्थीले जानकारी दिए।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकाबाट कमल बर्दशका चन्द्र प्रसाद श्रेष्ठ, गुल्मी दरवारबाट रुरु रेसुङा सप्लार्यसका राजु कार्की, धुर्कोटबाट काफलपानी कन्स्ट्रक्सनका आशा थापा, मदानेबाट लक्कि कन्स्ट्रक्सनका मनिराम थापा र ब्यतिगत प्यान मार्फत सवैभन्दा बढि कर तिर्ने मुसिकोट नगरपालिकाका डाक्टर सुदर्शन थापा, इस्माका हरि बहादुर खत्री, र मालिकाका नरेन्द्र बिक्रम जिसीलाई पनि सम्मान गरिएको कर अधिकृत पन्थीले बताए ।

संस्थागत रुपमा गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी, उद्योग तर्फत बबिता फर्निचर र कृषक नमुना कृषि फर्मका बिमल अर्याल पनि सम्मानित भएका छन् । त्यस्तै कर दिवसकै अवसरमा आयोजित जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रथम हुने आकृती अर्याल, द्धतिय सुजता कुवंर, तृतिय करिना टण्डन र सान्त्वना हुने रितिका गौतमलाई पुस्कृत गरिएको छ ।

सोहि अवसरका प्रतियोगीताका निर्णाय कयम बहादुर थापा, गुणानिधी शर्मा र भुवन अर्याललाई पनि कार्यालयले सम्मान गरेको छ । करदाता सेवा कार्यालय प्रमुख कर अधिकृत बिक्रम पन्थीले जिल्लामा व्यावसायी वातावरण सृजना गर्ने आफुहरुको प्रमुख उदेश्य भएकाले कोभिडमा थला परेको व्यावसायीक क्षेत्रलाई स्वच्छ बनाएर अगाडी लैजाने बताए । गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरी प्रसाद पौडेलले कर उठाउन पाल्पाबाट आउने होटलमा बसेर पसल हेरेर कर उठाउने बिगतको चलनको स्मरण गरे । उनले करसङ डराउनुपर्ने अवस्थाबाट कर प्रणालीमा सुधार आएपछि अहिलेको राम्रो भएको बताए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

टोपलाल अर्याल को बारेमा

टोपलाल अर्याल नेपाल पत्रकार महासंघ, गुल्मीका पुर्व अध्यक्ष हुन्।

टोपलाल अर्याल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →