Smoking Causes Cancer

कात्तिकमा कालिका भगवती मन्दिरको आम्दानी ३५ लाख



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

बागलुङ: कालीका भगवती गुुठी व्यवस्थापन समिति बागलुङले कार्तिक महिनाको मन्दिरको आय–व्यय सार्वजनिक गरेको छ । कालीका भगवती मन्दिरमा कार्तिक महिनामा ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ आम्दानी हुँदा १६ लाख १५ हजार खर्च भई १८ लाख ८८ हजार ३ सय ३२ रूपैयाँ बचत भएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

मन्दिरमा भक्तजनहरूले समर्पण गरेको भेटीबाट २२ लाख ३५ हजार ५ सय ८५, चामल बिक्रीबाट ८० हजार ५ सय, बोकाबाट ६१ हजार ७ सय ५०, कुखुराबाट ४ हजार ८ सय, राँगोबाट १८ सय, सटर भाडाबाट ३ लाख १४ हजार ५ सय ४०, विवाहबाट १ हजार, आर्थिक सहयोगबाट १ लाख २० हजार ७ सय ७, परेवा बिक्रीबाट ६ लाख ७० हजार ७ सय ५०, व्रतबन्धबाट ६ सय र पण्डितबाट ११ हजार ४ सय रुपैयाँ आम्दानी भएको हो ।

कार्तिक महिनामा १६ लाख १५ हजार खर्च भएको समितिले जनाएको छ । कर्मचारीको तलबमा ४ लाख ८ हजार ५ सय, बिजुलीमा ५० हजार, अतिथि सत्कारमा १ लाख ५५ हजार, उपहारमा १ लाख, पूर्वाधार विकासमा ६ लाख १० हजार ९ सय, पोशाकमा २६ हजार, खाद्यान्न र आवासमा ८५ हजार ५ सय, विज्ञापनतर्फ १८ हजार ५ सय, सांस्कृतिक कार्यक्रममा १ लाख ६० हजार ६ सय रूपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताए ।

सिंचाई
Forest
Ad.

मन्दिरमा आउने धार्मिक पर्यटक भक्तजन बढ्दै गएसंगै मन्दिरको आम्दानी समेत बढ्दै गइरहेको कालीका भगवतीसमितिका कोषाध्यक्ष रमेश खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो