Awareness Campaign

गुल्मीमा देउसी भैलो खेलेर कोट मन्दिर संरक्षण



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-१ साविक हस्तिचौर गाविस ४ उजुङका युवाहरूले यसपालिको तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमको केहि हिस्सा सामाजिक क्षेत्रमा खर्च गर्ने निर्णय गरेका छन्।

त्यहाँका युवाहरुले त्यहाँको ऐतिहासिक उजुङकोटको खड्कदेवी जलपा मन्दिरको प्रदेशद्वार निर्माणका लागि २० हजार रुपैयाँ खर्च गर्ने निर्णय गरेका हुन। लक्ष्मी पुजाको साँझ देखि खेलिएको देउसी भैलोको शनिवार एक समारोहका बिच समापन गर्दै यस्तो निर्णय गरिएको हो।

समारोहलाईँ समापन गर्दै त्यस देउसी भैलो समूहका संयोजक चामकुमार सुनारले भने, ‘यसपालीको तिहारमा देउसी भैलोबाट ७९ हजार ५ सय रुपैयाँ संकलन भएको छ। त्यस मध्ये २० हजार समुहको तर्फबाट र थप पाँच हजार समूहका सदस्य शेरबहादुर कुँवर सहित कुल २५ हजार खर्चेर हामीले खडक जलपा देखि मन्दिरको प्रवेशद्वार निर्माण गर्ने निर्णय गरेका छौँ।

Forest
Forest
Ad.

जिल्ला अदालत गुल्मीका इजलास अधिकृत कमल पन्थीको प्रमुख आतिथ्यता आयोजित देउसी भैलोको समापन गरिएको हो। प्रमुख अतिथीको आसनबाट बोल्दै पन्थीले देउसी मौलिक संस्कृति संरक्षणमा उजुङका युवाहरुले खेलेको भुमिका प्रति धन्यवाद दिदै आफुले आगामी दिनमा पनि साथ दिने ऐक्येवद्धता जनाएका थिए।

कार्यक्रमका विशेष अतिथि त्यस वडाका पुर्व वडाध्यक्ष तथा हिमालय मावि व्यवस्थापन समितिका अध्यक्ष चुरा बहादुर खत्रीले आफुले विगतमा मात्रै होईन, मौलिक संस्कृति, धार्मिक तथा पर्यटकिय स्थल संरक्षण युवाहरुलाई प्रोत्साहित गर्ने कार्यमा सदैव सहयोग गर्ने उद्घोष गरेका थिए।

कार्यक्रममा तत्कालिन हस्तिचौर गाउँपञ्चायतका प्रधानपञ्च द्रोणबहादुर कुँवर र स्थानीय समाजसेवी नारायण कुँवरले पनि मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्थानीय विभिन्न समाजसेवीहरुको पनि आतिथ्यता थियो।

देउसी भैलो समापन कार्यक्रमा मौलिक देउसी भैलोका विभिन्न विधाहरु समापन गरी मनोरञ्जन प्रदान गरिएको थियो।

Awareness by SKF

उजुङ स्थित देउसी भैली समूहका संयोजक चामकुमार सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय युवा शेरबहादुर कुँवरको सञ्चालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →